सत्ता गठबन्धनभित्र असन्तुष्टि : मधेसमा माओवादी सरकार बाहिर, उपेन्द्रलाई ओत
मधेस । गठबन्धन भित्रकै दलहरूको असन्तुष्टिकाबिच मधेस प्रदेश सरकारको मन्त्रीमण्डल विस्तार गरिएको छ । ६ दलीय गठबन्धनको दुई घटक दल नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीलाई सरकारमा सहभागी गराएर मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल विस्तार गरेका हुन् ।
एमाले सरकारबाट बाहिरिएको दुई महिनापछि मुख्यमन्त्री यादवले काँग्रेस र नेकपा एकीकृत सामवादीलाई सरकारमा सहभागी गराए पनि अझै मन्त्रीमण्डलले पूर्णता पाएको छैन । नेपाली कांग्रेसबाट २ र नेकपा एकीकृत समाजवादी पार्टीबाट एक जनाले मन्त्री पदको शपथ लिएसँगै मन्त्रीमण्डल विस्तार भएको हो । मंगलबार नेपाली कांग्रेसबाट कृष्ण यादवले भौतिक पूर्वाधार तथा विकास र वीरेन्द्र सिंहले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा नेकपा एकीकृत समाजवादी पार्टीबाट गोविन्दबहादुर न्यौपानेले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको शपथ ग्रहण गरेका छन् ।
नवनियुक्त मन्त्रीहरूलाई मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गराएका हुन् । यता गठबन्धन भित्र मन्त्रालय बाँडफाँड र मन्त्रीमण्डल विस्तारको विषयमा कुरा नै नभए पनि मुख्यमन्त्रीले मन्त्रीहरूलाई सरकारमा सहभागी गराएपछि गठबन्धन भित्रै असन्तुष्टि चुलिएको छ । दुई÷दुई वटा मन्त्रालयको माग गर्दै आएको गठबन्धनका घटक दलहरू माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा र जनमत पार्टी असन्तुष्ट भएको छ । माओवादी केन्द्रले त सरकारलाई समर्थन यथवात राख्दै मधेस सरकारबाट बाहिरिने निर्णय समेत गरिसकेको छ । केन्द्रमा गठबन्धनले गरेको निर्णय अनुसार मुख्यमन्त्री सरोजकुमार यादव नहिँडेको आरोप लगाउँदै माओवादी केन्द्र मधेस प्रदेशको संसदीय दलको बैठकबाट सरकारमा नबस्ने निर्णय गरेको हो ।
जनमतले यसअघि नै दूईवटा मन्त्रालय पाएकोमा एउटा मन्त्रालय खोसिएपछि असन्तुष्ट भएको हो । यद्यपि मंगलबार नेपाली कांग्रेसबाट मन्त्री भएका कृष्णा यादवले गठबन्धन भित्रका दलहरू एकै साथ रहेको बताए । सोमवार बसेको ६ दलीय गठबन्धनमा कांग्रेसले ४, लोसपा, जनमत र माओवादी केन्द्रले दुई दुई मन्त्रालयको प्रस्ताव गर्दा बैठक निष्कर्षविहीन भएको थियो । तर मंगलबार बिहान फोन मार्फत मुख्यमन्त्रीसँगको संवादमा कांग्रेसले तत्कालका लागि दुई र नेकपा यसले एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुने सहमति जनाएपछि अन्य घटक दलहरूलाई जानकारी नै नगराई मुख्यमन्त्री यादवले मन्त्रीमण्डल विस्तार गरेका थिए ।
मुख्यमन्त्रीले जानकारी बिनै मन्त्रीमण्डल विस्तार गरेपछि लोसपा, जनमत र माओवादी केन्द्र असन्तुष्ट हुँदै अलग्गै छलफलमा जुटेका थिए । मुख्यमन्त्री सरोजकुमार यादवले माओवादीको निर्णयबारे थाहा नभएको र लोसपाले मन्त्रीको नाम नपठाएका कारण सरकारमा सहभागी गराउन नसकिएको बताए । मन्त्रीमण्डल चौथो पटक विस्तार हुँदासम्म पनि मधेस सरकारले पूर्णता पाएको छैन । रिक्त रहेको मन्त्रालयहरू गृह सञ्चार कानुन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय गठबन्धनका असन्तुष्ट घटक दलहरू माओवादी केन्द्र, जनमत र लोसपा लाई बाँडेर फकाउने योजना मुख्यमन्त्रीको छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
सुदूरपश्चिममा आज नयाँ सरकार गठन हुँदै
काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठन गर्न...
कर्णालीका चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिँदै
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले आज पद तथा गोपनीयताको सपथ लिने भएका छन् । मन्त्रीहरूले को...
आज एमालेका मनोनित केन्द्रीय सदस्यको शपथग्रहण
काठमाडौं । आज नेकपा एमालेका मनोनीत उपाध्यक्ष, स्थायी कमिटी तथा केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम रहेको छ । पार्टी...