बास कैलालीद्वारा भ्रष्टाचार विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र 

स्टार संवाददाता
स्टार संवाददाता

कैलाली  । बागेश्वरी असल शासन क्लब बास कैलाली शाखाले भ्रष्टाचार विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । बुधवार जिल्ला प्रशासन कार्यालय कैलालीमा सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र हस्तान्तरण गर्दै बास कैलालीका जिल्ला अध्यक्ष चिरञ्जीवी छेडालले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न बास नेपालले निरन्तर खबरदारी गर्दै आएको बताए ।  उनले बास नेपालले देशभर आफ्नो अभियानलाई तीव्ररुपमा अगाडि बढाएको र सरकारले भ्रष्टाचार नियन्त्रणमा कठोर भएर लाग्नुपर्ने धारणा राख्ने ।  ज्ञापन पत्रमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सम्पूर्ण व्यक्तिहरूलाई तत्काल पक्राउ गरी निष्पक्ष छानबिन गर्न  माग गरिएको छ ।

यस्तै भ्रष्टाचार विरुद्धको प्रभावकारी उत्तम अभ्यासको विकास र प्रवर्द्धनमा जोड दिनुपर्ने, भ्रष्टाचार विरुद्धका संयन्त्रको क्षमता तथा प्रभावकारिता अभिवृद्धि गर्नुपर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संस्थागत विकास गर्नुपर्ने र भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको रणनीति अवलम्बन गर्नुपर्ने जस्ता १० बुद्धे माग रहेका छन् ।  ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी जोशीले भ्रष्टाचार नियन्त्रणमा सबैले आ आफ्नो तर्फबाट लाग्नुपर्ने धारणा व्यक्त गरे ।

उनले सबै आफ्नो आफ्नो आचरणमा सुधार गरे भ्रष्टाचार नियन्त्रण र सुशासन कायम हुने बताए ।  बास नेपालले भ्रष्टाचार विरुद्ध ७७ ओटै जिल्ला मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको जनाएको छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.