रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, १० घाइते

स्टार संवाददाता
स्टार संवाददाता

रुकुम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । सानीभेरी गाउँपालिका–५ का ७० वर्षीय कर्ण बाठा मगर सोही ठाउँका ४८ वर्षीय देउचन खत्री, सानीभेरी गाउँपालिका–५ का २३ वर्षीया शितल कुसारी र बाँफिकोट गाउँपालिका–८ की २२ वर्षीय रेखा केसी अनि उनका २२ दिने छोरा रोशन केसीको मृत्यु भएको हो ।

बाँफिकोट गाउँपालिका–८ दुलारस्थित भित्री सडक खण्ड दुलीबाट जिल्ला सदरमुकाम मुसीकोटतर्फ आउँदै गरेको लु १ ज १७४७ नम्बरको जिप अनियन्त्रित भइ पल्टिँदा सडकबाट करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार चालकसहित जम्मा १५ सवार जिप दुर्घटना हुँदा अन्य १० जना घाइते भएका छन् ।

यसमध्ये ४ जनाको अवस्था सख्त रहेको छ भने बाँकी ६ जना सामान्य घाइते भएको बताइएको छ । सख्त घाइते सानीभेरी–५ का प्रेम बाठा मगर, मृतक शितल कुसारीका छोरा २ वर्षीय प्रसिद्ध कुसारी, सानीभेरी–५ की अनिता केसी र सोही ठाउँका ललित बाठा मगरलाई नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुरस्थित मेडिकल कलेज पुर्‍याइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

त्यस्तै, सामान्य घाइतेहरु जिप चालक सानीभेरी–५ का दिपक वाठा मगर र सोही स्थानमा मनिषा बस्नेत, रीता खत्री, कल्पना केसी, कर्णवीर पुन र कुसारीलाई जिल्ला अस्पताल सल्लेमा उपचारका लागि पुर्‍याइएको बताउँदै प्रहरी निरीक्षक श्रेष्ठले मृतक भनिएका ५ जनाको जिल्ला अस्पताल पुर्‍याएपछि मात्रै मृत्यु पुष्टि हुने जानकारी दिए ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.