धनुषा- महोत्तरी लेनदेन सङ्घर्ष समिति आन्दोलनमा, प्रजिअलाई बुझायो ज्ञापन पत्र

स्टार संवाददाता
स्टार संवाददाता

धनुषा । महोत्तरी लेनदेन सङ्घर्ष समिति जनकपुरधाममा विरोध प्रदर्शन गरेको छ । समितिले विभिन्न ६ सूत्रीय मागसहित प्रदर्शन गरेको हो ।

उनीहरूले मिटर ब्याजको नाममा भइरहेको लेनदेन आतङ्क बन्द गर्नुपर्ने, स्थानीय निकायमा जाँचबुझ गरी मात्र प्रमाणको आधारमा उजुरी दर्ता गर्ने प्रावधान हुनुपर्ने, लेनदेन सम्बन्धी उजुरी बिना प्रमाण दर्ता नगर्नुपर्ने, जिल्ला प्रशासन कार्यालय धनुषा तथा मिटर ब्याज जाँचबुझ आयोगमा दर्ता भएको निवेदनहरू हाल जारी भएको मुलुकी देवानी संहिता २०७४ को ३६ को ३ ख बमोजिम जाँचबुझ तथा छलफलको लागी स्थानीय सरकारलाई जिम्मा लगाउनुपर्ने, आफूहरूले लगाएको लगानीहरू कानुन बमोजिम साँवा र ब्याजसहित उपलब्ध हुनुपर्ने र लेनदेनको व्यवहारलाई मर्यादित र सहज बनाउनुपर्ने माग गरेका छन् ।

यी मागहरूसहित उनीहरूले धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालसमक्ष ज्ञापन पत्रसमेत बुझाएका छन् । प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै समितिका सचिव शम्भु यादवले समाजमा रहेका प्रत्येक मानवलाई दैनिक काम गर्नका लागी एक अर्कासँग कानुन बमोजिम लेनदेन गर्ने हक अधिकार मुलुकी देवानी संहिता २०७४ को दफा ४७४ मा रहेको र सोही बमोजिम आफूहरूले पनि विभिन्न बैङ्क तथा बितिए संस्थाबाट ऋण लिएर समाजमा आवश्यक पर्ने व्यक्तिमा विगतदेखि नै प्रचलित कानुन बमोजिम आवश्यकता अनुसार ऋण लेनदेन गर्दै आएको बताए ।

उनले जनताले घर व्यवहार चलाउनका लागी इस्ट मित्र, छर छिमेकीबाट नेपालको प्रचलित कानुन बमोजिम कपाली तमसुक बनाई लेनदेन गर्न तथा जनजीविका चलाउँदै आएको अवस्थामा केही गलत सोच भएका व्यक्तिले आफूहरूको ऋण तिर्न नपरोस् भन्ने मनसायले मिटरब्याजीको नामकरण गरी सबैलाई एकै किसिमबाट व्यवहारमा तुलना गरेकोप्रति दुःख व्यक्त गरे ।  उनले आफूहरूको माग पुरा नभए चरणबद्धरूपमा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

 

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.