पशुपतिनाथमा लगाएको जलहरी सुन कि पित्तल हो सरकारले जवाफ दिनुपर्छ : पदम गिरी


काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संसदबाट भ्रष्टचारी करार गरिएको भन्दै यस सम्बन्धमा सरकारको जवाफको माग गरेका छन् । शुक्रवारको प्रतिनिधि सभा बैठकमा शुरुवमै बोल्दै प्रमुख सचेतक गिरीले गत जेठ १० गतेको संसद बैठकमा नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले केपी ओलीले पशुपतिमा जलहरी चढाउँदा भ्रष्टाचार गरेको आरोप लगाएको भन्दै यस सम्बन्धमा सरकारको स्पष्ट जवाफको माग गरेका हुन् ।
उनले भने, ‘सदनभित्र भ्रष्टाचारका विषयहरु मन लाग्दोगरी प्रश्नहरु औँल्याउने गर्छ । यहाँ त दुर्भाग्य के छ भने सभामुख महोदय बिना आधार, बिना प्रमाण, सत्ता पक्षका माननीयज्यूहरुले प्रमुख प्रतिपक्ष दलका नेतालाई इंगित गर्दै भ्रष्टाचार गरेको कुरा यही सदनको रोष्टमबाट बताइन्छ । अस्तिमात्र जेठको १० गते यही रोष्टमबाट लेखनाथ दाहाल भन्ने सत्तापक्षको माननीयले भन्नुभयो हिजो नेकपा एमालेको सरकार हुँदा केपी शर्मा ओलीले पशुपतिनाथको गजुरमा जलहरी लगाउने भनेर, सुन लगाउने नाममा पित्तल लगाउने काम भएको छ र भ्रष्टाचार भएको छ भन्ने गम्भिर आरोप यही सदनमा लगाउनुभएको छ । हामी भन्न चाहन्छौँ यो आरोप कसरी आएको छ ? के तथ्यमा उभिएर आएको छ ? सत्तापक्षले यसरी मनपरी ढंगले प्रमाण बेगर, तथ्य बेगर आरोप लगाउने कुरा कदापी हामीलाई स्वीकार्य हुन सक्दैन । म भन्न चाहन्छु, यदी पशुपतिनाथमा लगाएको जलहरी सुन होइन पित्तल हो भनेदेखि सरकारसँग माग गर्न चाहन्छु सुन हो कि पित्तल हो भन्ने कुरा यो सरकारले सदनलाई जवाफ दिनुपर्छ ।’
उनले सत्ता पक्षले प्रतिपक्षी दलका नेतालाई आधार, प्रमाण बिना आरोप लगाएको भन्दै सरकारको जवाफ बिना संसद चल्न नदिने स्पष्ट पारेका छन् । एमालेले बिरोध जनाएसँगै संसद बैठक २० मिनेटका लागि स्थगित भएको छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...