प्रतिपक्षी दलका नेतालाई विश्वप्रकाशको जवाफ- हामी न्यायाधीश होइनौं, फैसला सुनाउन
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि बोल्ने क्रममा आफ्नो पार्टीका नेताहरूलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा फसाउन खोजेको भन्ने अभिव्यक्ति दिएकोमा विरोध जनाएका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०\८१ को नीति तथा कार्यक्रम माथिको छलफलमा सहभागी हने क्रममा शर्माले को दोषी र को निर्दोष भनेर नेपाल प्रहरीले छानबिन गर्ने बताए । एमाले अध्यक्ष ओलीले रोष्टममै उभिएर भुटानी शरणार्थी प्रकरणमा निर्दोषलाई फसाउन खोजियो भनेका थिए ।
उनले भने, ‘भ्रष्टाचारको फाइल सरकारले खोलेको बेला बधाई छ सरकार भन्ने समय हो । यो समय सरकारभन्दा बाहिर रहेको दलले पनि समर्थन गर्ने बेला हो । यो समय सरकारलाई दिएको समर्थन फिर्ता लिने बेला होइन । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रमुख प्रतिपक्षी दलका नेताले निर्दोष फसाउने प्रयास भइरहेको छ भन्ने वाक्य उल्लेख गर्नुभयो । रोष्ट्रममा उभिएर भन्नुभयो । को दोषी र को निर्दोष नेपाल प्रहरीले छानबिन गर्दैछ । हामी न्यायाधीश होइनौं, यहाँबाट फैसला सुनाउनका लागि कि अमूक कोही दोषी हुनुहुन्न निर्दोष हुनुहुन्छ र उहाँलाई फसाउन खोजिँदैछ भन्ने अभिव्यक्ति यहाँबाट राखिने कुरामा म विमती प्रकट गर्न चाहन्छु । यो समयमा यत्ति भन्ने हो निर्दोष कोही नफसुन्, दोषी कोही नछुटुन् ।’
शर्माले सरकारले भ्रष्टाचारका फाइल खोलेका बेला बधाई दिनुपर्ने बताएका छन् । तर, सरकारले भ्रष्टाचारका फाइल खोलेका बेला समर्थन फिर्ता लिन नहुने उनको भनाइ थियो । भ्रष्टाचार नियन्त्रणमा सरकारले कुनै मोलाहिजा गर्न नहुने बताएका छन् ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...