भ्रष्टाचार विरुद्धको मेरो आवाजलाई दबाउन खोजियो : लेखनाथ दाहाल

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । सांसद लेखनाथ दाहालले भ्रष्टाचार विरुद्धको आफ्नो आवाजलाई दबाउन खोजिएको बताएका छन् । पशुपतिनाथको सुनको जलहरीमा पित्तल मिसाएर भ्रष्टाचार गरेको उनको अभिव्यक्ति संसद्‌को रेकर्डबाट हटाउने निर्णयप्रति सांसद दाहालले असन्तुष्टि जनाएका हुन् ।

१० जेठमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएको समयमा पशुपतिनाथमा जलहरी लाउँदा सुन लाउने भनेर पित्तल लगाएर भ्रष्टाचार गरेको आरोप लगाएका थिए । १२ जेठको बैठकमा एमाले सांसदहरुले रोष्टम नै घेराउ गरेर संसद् बैठक अवरुद्ध गरेपछि संसद् नियमित कार्यसूचीमा प्रवेश गर्न पाएको थिएन ।

यही विवाद मिलाएर संसद् खुलाउन शीर्ष नेताहरू बीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल भएको थियो । बैठकमा भएको सहमतिअनुसार शनिवार प्रधानमन्त्रीले स्पष्टीकरण दिएपछि संसद्कोम अवरोध हटेको छ । साथै पशुपतिनाथमा जलहरी लगाउँदा भ्रष्टाचार भएको विषयमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई जोडेको अभिव्यक्तिलाई अभिलेखबाट हटाउन सभामुख देवराज घिमिरेले संसद् सचिवालयलाई निर्देशन दिएका छन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.