प्रथम ललितपुर जुत्ता चप्पल मेला हुने, ५ करोड बराबरको कारोबार गराउने लक्ष्य

स्टार संवाददाता
स्टार संवाददाता

ललितपुर । ज्येष्ठ १७ गतेदेखि असार १७ गतेसम्म प्रथम ललितपुर जुत्ता चप्पल मेला–२०८० हुने भएको छ । आईतवार ललितपुरमा पत्रकार सम्मेलन गर्दै ललितपुरको जावालाखेलमा उक्त मेला हुने जानकारी दिएको हो ।

 

मेलामा ज्येष्ठ १७ गतेदेखि असार १७ गते एक महिनासम्म सञ्चालनमा आउने मेलाका संयोजक दिवाकर गिरीले बताए । उनले आम जनतालाई स्वदेशी वस्तुको प्रयोग गर्ने भावनाको विकास गराउने उदेश्यले मेलाको आयोजना गर्न लागिएको बताए । उनले मुलुकको अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा रहेको भन्दै अर्थतन्त्र चलायमान बनाउँदै व्यवसायीहरुलाई राहत दिने उद्देश्य पनि रहेको बताए ।

मेलामा नेपालमा नै उत्पादित चर्चित ९ वटा कम्पनी तथा ब्राण्डका जुत्ता चप्पल खरिद गर्न पाइने छ । मेलामा ३ हजार भन्दा बढीका मेडल र डिजाइनका जुत्ता चप्पल उपलब्ध हुनेछन् । मेलामा २० देखि ५० प्रतिशतसम्म विशेष छुटको समेत व्यवस्था गरिएको आयोजकले बताएको छ । मेला अवधिमा ३ लाखलाई मेलाको अवलोकन गराउने र ५ करोड बराबरको कारोबार गराउने लक्ष्य राखेको छ । मेलामा प्रवेश भने निःशुल्क रहेको आयोजकले बताएको छ ।

सुनचाँदीको मूल्य कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार १ लाख ४९ हजार ९ सय रुपैँयामा कारोबार भएको छापावाला...

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाकाे १ लाख ४९ हजार ९ सय

काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबार १ लाख ४९ हजार ४ सय रुपैँयामा कारोबार भएको छापावाला...

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...

नेप्से परिसूचक ५.२९ अंकले घट्यो

काठमाडौं । आज शेयर बजारमा सामान्य करेन्सन देखिएको छ । एक समय २८०५ अंकसम्म पुगेको बजार अन्ततः बजार ५.२९...

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलामा १ लाख ४९ हजार ४ सय

काठमाडौं । बिहीबार सुनको मूल्य बढेको छ । बुधबार १ लाख ४७ हजार ८ सय रुपैँयामा कारोबार भएको छापावाला...

.