प्रधानमन्त्रीद्वारा तरकारी खेतीको शुभारम्भ, भन्छन्- अर्थतन्त्रको मुख्य मेरूदण्ड कृषि हो
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटार परिसरमा तरकारी खेतीको सुरु गरेका छन् । सोमबार प्रधानमन्त्री प्रचण्डले गणतन्त्र दिवसको अवसरमा बालुवाटारमा तरकारी खेती सुरु गरेका हुन् ।
बालुवाटारमा तरकारी खेतीको सुरुवात गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको मुख्य मेरूदण्ड कृषि भएको र यसलाई व्यवस्थित गर्नेतर्फ जोड दिनुपर्ने बताएका छन् । ‘कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर मात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ ।’, उनले भने, ‘कृषि उत्पादनमा सम्पूर्ण तागत केन्द्रित नगरी राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न सकिँदैन ।’
त्यस्तै, प्रधानमन्त्री प्रचण्डले निवास परिसरमा रहेको करेसाबारीमा काउली, काँक्रो, घिरौला, करेला, मकै, फर्सी, खोर्सानी, बोडी, सिमी, भान्टा, धनीयाँ लगायतका बीउ र बेर्ना रोपेका छन् । तरकारी खेती शुभारम्भ कार्यक्रमका लागि ‘डिक फर नेपाल’का स्वयम्सेवकहरुको सहभागीता रहेको थियो ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...