रेशम चौधरी रिहा भएपछि समर्थकहरु भन्छन्- भूमिपुत्रको जित भयो

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । कैलालीको टिकापुर काण्डमा दोषी ठहर भई डिल्लीबजार कारागारमा आजीवन कारावासको सजाय बिताइरहेका रेशम चौधरी रिहा भएसँगै उनका समर्थकहरु खुशी देखिएका छन् । सोमवार राष्ट्रपति रामचन्द्र पौडेलबाट गणतन्त्र दिवसका अवसरमा आममाफी पाइ रिहा भएसँगै उनका समर्थकहरु उनको स्वागतका लागि कारागारमा नै पुगेका थिए ।

चौधरीले रिहा भएसँगै मन्त्री क्वार्टर र त्यहाँबाट माईतीघरमा आइ आफ्ना समर्थकहरुसँग भेट गरेका छन् । माईतीघर मण्डलामा पनि उनलाई स्वागत गर्नेहरुको भीड देखिन्थ्यो । स्वागत र समर्थनमा माईतीघर मण्डलामा पुग्नुभएका देवराज लामाले टिकापुर घटनाका वास्तविक अपराधीहरुलाई उम्काइएको र निर्दोषलाई फसाइएको बताएका छन् ।

उनले चौधरी घटनास्थलमा पनि नभएको र निर्देशन पनि नदिएको भन्दै उहाँले अहिलेसम्म पनि टिकापुर घटनाका वास्तविक दोषीहरुलाई पक्राउ नगरिएको बताए । उनले आफूहरु अहिले पनि छानबिन गर्न तयार रहेको भन्दै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरे ।सर्मर्थकहरुले बिरोधका लागि बिरोध गर्ने संस्कृति बढीरहेको भन्दै राज्यले भूमिपुत्रलाई जिताएको बताए । रेशम चौधरी रिहा हुनु लोकतन्त्र, पहिचानवादीको जित भएको बताए ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.