कुरकुरे, पास्तादेखि पान मसाला र गुट्खाको भाउमा करको दर हेरफेर

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । सरकारले आर्थिक विधेयक २०८० मार्फत विभिन्न वस्तुको करका दरमा हेरफेर गरेको छ । सरकारले प्रस्तुत गरेको आर्थिक विधेयकअनुसार कुरकुरे, कुरमुरे, लेज, चिजबल प्रतिकिलो रू १७ अन्तःशुल्क रहेकोमा त्यसलाई बढाएर प्रतिकिलो रू २० पुर्याइएको छ ।

आलु चिप्स प्रतिकिलो रू १७ अन्तःशुल्क लाग्ने गरेकोमा रू एक बढाएर रू १८ पुर्याइएको छ । त्यस्तै, उखुको खुदोको अन्तःशुल्क प्रतिक्विन्टल ९६ बाट बढाएर प्रतिक्विन्टल रू एक सय पाँच बनाइएको छ । सक्खर गुँड र भेलीसमेत, गुँडगट्टाको अन्तःशुल्क पनि प्रतिक्विन्टल रू एक सय पाँच पुर्याइएको छ ।

अन्डा मिसाइएका स्पागेटी, म्याक्रोनी, नुडल्स, लसान्या, नोकी, राभिओली, कुकु ९उत्तर अफ्रिकी खाद्य पदार्थ० पास्तालगायतका वस्तुमा प्रतिकिलो रू १७ अन्तःशुल्क लाग्ने गरेकोमा बढाएर प्रतिकिलो रू २० पुर्याइएको छ ।

सुन्तलाको रस फ्रोजेन अरेन्ज जुस, भोगटेको रस, भुइँकटहरको रस, गोलभेँडाको रस टमाटो जुस, अङ्गुरको रस, स्याउको रस, आँपको रस, क्यानबेरी जुस, म्याक्रोकार्पन जुसलगायत वस्तुमा प्रतिलिटर रू ११ बाट बढाएर रू १३ पुर्याइएको छ । सुर्तीरहित पान मसला प्रतिकिलो रु आठ सय २१ बाट बढाएर आठ सय ५० पुर्याइएको छ ।

सुनचाँदीको मूल्य कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार १ लाख ४९ हजार ९ सय रुपैँयामा कारोबार भएको छापावाला...

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाकाे १ लाख ४९ हजार ९ सय

काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबार १ लाख ४९ हजार ४ सय रुपैँयामा कारोबार भएको छापावाला...

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...

नेप्से परिसूचक ५.२९ अंकले घट्यो

काठमाडौं । आज शेयर बजारमा सामान्य करेन्सन देखिएको छ । एक समय २८०५ अंकसम्म पुगेको बजार अन्ततः बजार ५.२९...

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलामा १ लाख ४९ हजार ४ सय

काठमाडौं । बिहीबार सुनको मूल्य बढेको छ । बुधबार १ लाख ४७ हजार ८ सय रुपैँयामा कारोबार भएको छापावाला...

.