‘स्वदेशमै रोजगारीको अवसर छ’


काठमाडौं । लाखै युवा जनशक्ति रोजगारी खोज्दै बिदेशिरहेका छन् । कतिपय युवा वर्ग देशमै रोजगारीका अवसर खोज्दै भौँतारी रहेका छन् । स्वदेशमै रोजगारीको अवसर छ भन्ने हेतुले नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा काठमाडौंमा जेठ १६ बाट रोजगार मेला सुरु भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा रोजगार मेलाको आयोजना गरिएको हो । यस मेलाले जनशक्ति चाहिने कम्पनी र रोजगारी आवश्यक हुनेहरु बिचमा पुलको काम गर्ने र नेपालमा भएका जनशक्ति उद्योग व्यवसायमा उपलब्ध गराउनु सहयोग पुयाउने बताइएको छ । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवाहरूलाई रोजगार मेलाले रोक्न सक्ने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल बताउँछन् ।
रोजगार मेलाले पछिल्लो समय बढ्दै गएको बेरोजगारीको समस्या थोरै भए पनि कम हुने, आफूलाई आवश्यक परेको जस्तो रोजगार पाउन सकिने आशाले मेला अवलोकनका लागि आउनेको भिडभाड देखिन्छ । मुलुकभित्र नै रोजगारी नपाएर विदेश जाने युवाहरू बढेको भन्दै मेलामा आएर कुन कम्पनीमा कस्तो जनशक्ति आवश्यक रहेको भन्ने बुझ्न सकिने भएकाले मेला अवलोकनका लागि आएको अवलोकनकर्ता बताउँछन् ।
रोजगार मेलामा १०० भन्दा बढी कम्पनीहरूको सहभागिता रहेका छन् । महासंघले मेलामा कामको खोजीमा रहेका ५ हजार भन्दी बढी युवाहरूलाई अवलोकन गराउने लक्ष्य राखिएको छ । मेलामा रोजगारी, सीप एवं जनशक्ति विकास लगायतका विषयमा विभिन्न परामर्श सेसनहरू समेत हुनेछ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...