प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण फलदायी होस्, कर्मकाण्डी नहोस्

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । सामाजिक, सांस्कृतिक हिसाबले नेपाल र भारतबिच नागरिक स्तरसम्मै मैत्रीपूर्ण सम्बन्ध छ । तर, दुई देशबीचको सीमा विवाद इतिहासदेखि नै जटिल रहँदै आएको छ । ठाउँ–ठाउँमा नेपाली भू–भाग भारतले मिचेको भन्दै जीवनस्तर बाट विरोधका स्वरहरू पनि उठ्ने गरेका छन् । प्रधानमन्त्री प्रचण्डको आसन्न भारत भ्रमणका क्रममा सीमा समस्या समाधान गर्न र भारतले अतिक्रमण गरेका भूमि फिर्ताका लागि पहल गर्न द्विपक्षीय छलफल केन्द्रित गर्नुपर्ने आवाज नागरिक स्तरबाट उठेको छ ।

 

यस पटकको भ्रमणमा प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणका बेला लिपुलेक, कालापानीलगायतका नेपाली भूमि फिर्ता लिनेबारे उपयुक्त तरिकाले छलफल गर्ने बताएका छन् । नेपालको सीमा सुरक्षाबारे आफूले भारत भ्रमणको क्रममा गम्भीरतापूर्वक छलफल गर्न ध्यान दिने प्रधानमन्त्री दाहालको प्रतिबद्धता छ । नेपाल र भारतबिच रहेको १ हजार ८ सय ५० किलोमिटर खुला सीमा मध्ये कालापानी, लिपुलेक, सुस्ता सहित ७१ स्थानमा विवाद कायमै छ ।

 

सुदूरपश्चिमको दार्चुलादेखि पूर्वको ताप्लेजुङसम्म भारतले ६० हजार ६ सय २७ हेक्टर नेपाली भूमि मिचेका प्रमाणहरू नेपालसामु छ तर भारतले भने यसलाई गम्भीर रूपमा लिएको छैन । त्यसैले यस पटकको प्रधानमन्त्रीको भारत भ्रमणमा सीमा विवादको विषयमा झारो टार्ने नभई डटेर भनाई राख्नु पर्दछ । नेपाल–भारत सम्बन्धको सफलताको मापन भारतलाई कति खुसी पार्न सकियो भन्ने होइन, भारतसँग कत्तिको समकक्षी सम्बन्ध निर्माण गर्न सकियो भन्ने आधारमा हुनुपर्दछ । त्यसैले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण फलदायी होस् कर्मकाण्डी नहोस् ।

 

नेपाल भारतको सीमा विवादको विषय कुनै नौलो हैन । हरेक पटक प्रधानमन्त्रीले गर्ने भारत भ्रमणमा दुई देश बिचको सिमाना विषयमा कुरा उठ्ने गर्दछ तर परिणाम शून्य हुन्छ । यस पटको पनि प्रधानमन्त्री पुष्पकमल दहाल जेठ १७ बाट २० सम्मको ४ दिने भारत भ्रमणमा जाँदै छन् । महाकाली नदीमा पुल र सडक नहुँदा दार्चुलाको ब्यास गाउँपालिकाका बासिन्दाले आफ्नै सदरमुकाम आउन पनि भारतीय तहसिल कार्यालयको स्वीकृति लिनुपर्ने बाध्यता छ । भारतीय भूमि प्रयोग गर्ने क्रममा भारतीय सुरक्षाकर्मीको ज्यादतीसमेत भोग्नुपर्ने अवस्था छ ।

 

ब्यासकै दुम्लिङ र बुदीमा झोलुंगेपुल निर्माणमा समेत भारतीय पक्षले अवरोध गर्दै आएका कारण स्थानीयले जोखिमपूर्ण तरिकाले तुइनको सहारामा महाकाली तर्नुपर्छ । डडेलधुरा, बैतडी, कञ्चनपुर, नवलपरासी र सप्तरीमा मात्र नभई भारतसग जोडिएका २६ मध्ये २३ जिल्लामा लामो समयदेखि सीमा समस्या ज्यूँकात्यूँछन् । सुस्ता क्षेत्रमा पनि सीमा समस्या उस्तै छ । भारतले त्यहाँका १४ हजार हेक्टर भन्दा बढी जमिन मिचेको छ । नेपाल र भारत दुवै सार्वभौम सम्पन्न स्वतन्त्र राष्ट्र हुन् । तर, भारतीय सुरक्षाकर्मीहरू अनुमति बिना हातहतियारसहित नेपाल प्रवेश गर्ने, सीमामा नेपाली माथि दुर्व्यवहार गर्ने, सीमा अतिक्रमण गर्ने जस्ता घटना पटक–पटक दोहोरिने गरेका छन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.