पूर्वराजालाई झलनाथको चेतावनी : गुण्डागर्दी गर्ने काम बन्द गर


काठमाडौं । पूर्वप्रधानमन्त्री खनालले टिकापुर घटनामा दोषी ठहर भइ सजाय काटिरहेका रेशम चौधरीलाई गणतन्त्र दिवसको दिन आम माफी दिनु गलत भएको बताएका छन् । उनले जिल्ला, उच्च र सर्वोच्च अदालतले अपराधी करार गरी जेल सजाय सुनाएकाले राजनीतिक विषय हो भन्ने बनाएर उन्मुक्ति दिनु गलत भएको बताएका हुन् ।
उनले भने, ‘आम माफी गर्ने कसरी हो रु जेलाई पनि आम माफी गर्न सकिन्छ रु यसबारेमा छलफल गरेर अघि बढ्न आवश्यक छ । जिल्ला अदालतले अपराध भन्छ, उच्च अदालतले पनि संघीन अपराध भन्छ, सर्वोच्चले भन्छ अपराध हो, २० वर्ष कैद गर्नुपर्छ । सरकार भन्छ यो राजनीतिक कुरा हो, उहाँ निर्दोष हुनुहुन्छ, माफी देउ । मिल्यो की मिलेन रु यो मेरो दिमाग भित्र पसेको थिएन, कुनै विद्वानले पसाइदिने हो भने म त्यो विज्ञानको खोजिमा छु । म बुझ्नै नसक्ने भएँ की रु के अर्थले यो काम भएको छ ।’
पूर्वप्रधानमन्त्री खनालले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गर्दै देशमा गुण्डागर्दै सह्य नहुने चेतावनी दिएका छन् । उनले देशमा गुण्डागर्दी गर्दै
हिँड्ने इच्छा पूरा हुन नदिने बताएका हुन् । उनले राजाका मान्छेहरुले आफूबिरुद्ध नाराबाजी लगाएकोप्रति आक्रोशित हुँदै राप्रपाको अध्यक्ष बनेर प्रतिष्पार्धामा आउन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री खनालले सर्प पालन प्रकरणमा आफ्नो कुनै अनियमितता भेटे आफू सजाय भोग्न तयार रहेको र कुनैपनि भ्रष्टाचारका मुद्दामा आफूबाटै अनुसन्धान शुरु गर्न आग्रह गरेका छन् ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...