चोरी घटनामा संलग्न रहेका १३ जनालाई प्रहरीले गर्‍यो  सार्वजनिक 

स्टार संवाददाता
स्टार संवाददाता

जनकपुरधाम  ।  विभिन्न मितिमा पक्राउ परेका चोरी घटनामा संलग्न रहेका १३ जनालाई जिल्ला प्रहरी कार्यालय धनुषा सार्वजनिक गरेका छन् ।  बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन आयोजना गरी तिनीहरूलाई सार्वजनिक गरेका हुन ।

 

चालु आर्थिक वर्ष २०७९/८० मा हालसम्म चोरी घटनामा पक्राउ परेका ५ सय ९ जना मध्ये चोरी घटना मुद्दा र चोरी घटनामा पक्राउ परे पनि अभद्र व्यवहार मुद्दा दर्तामा गरी १ सय ३१ जनालाई कारागार पठाइएको जनाइयो ।  पत्रकार सम्मेलनमा सार्वजनिक गरिएका चोरी आरोपमा पक्राउ परेकाहरू सुनका गरगहना, मोटरसाइकल, साइकल र मोबाइल चोरी घटनामा संलग्न रहेको जिपवरका प्रमुख एसी विश्वराज खड्काले जानकारी दिए ।

 

उनले भने जिल्ला प्रहरी कार्यालय धनुषाले परिचालन गरेको २५ सदस्यीय टोलीको सहयोगमा पक्राउ गरिएको हो ।  उनले जेठ १० गतेसम्म चोरी आरोपमा पक्राउ परेका मध्ये एक जना धरौटीमा छुटेको, ३ जना कारागार चलान भएको जानकारी दिदैं बाँकी २३ जना सहित हालको पक्राउ परेका १३ जना गरी ३६ जना अनुसन्धानको क्रममा रहेको जानकारी समेत दिए । यसका साथै विभिन्न मिति बरामद गरिएको १३ वटा मोटरसाइकल सार्वजनिक गरियो ।

चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ७ सय फरार प्रतिवादीलाई पक्राउ गरी ६७ लाखभन्दा बढी रकम जरिवाना र साढे ७ करोड रुपैयाँ भन्सार चोरी निकासीबाट बरामद गरिएका सामानबाट राजश्व सङ्कलन गरिएको उनले बताए । धनुषामा चालु आ।व।मा हालसम्म ४ सय ३८ वटा चोरी घटना भएकोमा ९९ वटा चोरी घटना मुद्दा दर्ता भएको र पीडितले जाहेरी दिन नमानेपछि चोरी घटनालाई अभद्र व्यवहार मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.