नागरिकता विधेयकबारे प्रधानमन्त्री प्रचण्ड भन्छन्- राष्ट्रपतिले सल्लाह गर्दै जाँदा भ्रमणकै दिन पार्नुभयो
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकलाई आफ्नो भारत भ्रमणसँग जोडेर हेर्न नमिल्ने बताएका छन् । शुक्रबार नयाँदिल्लीमा पत्रकारसँगको कुराकानी गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणकै दिन प्रमाणीकरण हुनु संयोगमात्रै भएको भन्दै भारत भ्रमणसँग नजोडियोस् भन्ने आफ्नो पहिल्यैदेखिकै चाहना रहेको बताएका हुन् ।
उनले भने, ‘मैले पहिले नै राष्ट्रपतिजीले प्रमाणीकरण गर्नुपर्छ भन्ने खोजेकै थिएँ । राष्ट्रपतिले सल्लाह गर्दै जाँदा त्यही दिन पर्न आयो । म पहिला नै प्रमाणीकरण होस् भन्ने पक्षमा थिएँ । भ्रमणमा सबैको आँखा त परेकै थियो । तर, हाम्रो नेपालमा अलिकति नेगेटिभतिर जाने । पाठक, स्रोता पनि त्यस्तै भएर हो कि । बडो विचित्र लाग्छ ।’
प्रचण्डले नकारात्मक कुरामा बढी चासो दिइएको भन्दै गुनासो समेत गरेका थिए । भारत भ्रमणमा जाने दिनमा नै राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण गर्न लगाइएको विषयमा पनि प्रधानमन्त्रीलाई सोधिएको थियो । उनले यसको दोष राष्ट्रपतिलाई थोपरे । राष्ट्रपति रामचन्द्र पौडेलले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले ‘होल्ड’ गरेको नागरिकता विधेयक प्रधानमन्त्रीको भारत भ्रमणकै दिन प्रमाणीकरण गरेपछि चौतर्फी आलोचना भइरहेको छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...