सुनकोशीमा सीटीईभीटीको स्कर्पियो खस्यो, दुई निर्देशक र एक अधिकृत बेपत्ता
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को जिप सुनकोशीमा खसेको छ । शुक्रबार बिहान करिब ११:३० मा काठमाडौंबाट पूर्वतर्फ जाँदै गरेको सीटीईभीटीको जिप मध्य पहाडी राजमार्ग अन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट करिब १ सय ५० मिटर तल सुनकोशीमा खसेको हो ।
बा १ झ ७४६७ नम्बरको जीपमा सीटीईभीटीका निर्देशकहरु कृष्ण केसी, यमप्रसाद भुर्तेल र प्रवाधिक अधिकृत भानु पौडेलसहित ४ जना सवार थिए । उनीहरू काठमाडौंबाट खोटाङ जिल्लाका प्राविधिक शिक्षालयको अनुगमनमा जाँदै गरेको सीटीईभीटीले जनाएको छ ।
गाडीमा सवार चालकलाई गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि हस्पिटल लगिएको छ भने तीन यात्रु र गाडी सुनकोशीमा बेपत्ता भएको प्रहरीले जनाएको छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...