लगानीकर्ताले गराए टीएमएस बन्द, सेयर कारोबार प्रभावित


काठमाडौं । सेयर लगानीकर्ताले अधिकांस ब्रोकर कार्यालयका टीएमएस बन्द गराइएका छन् । आन्दोलनरत लगानीकर्ताले आगामी आर्थिक वर्षको आर्थिक विधेयक संशोधन नभएसम्म शेयर कारोबार नगर्ने चेतावनी दिँदै सबै ब्रोकर कार्यालयमा सूचना टाँसेर टिएमस बन्द गराएका हुन् ।
उनीहरुले कुनै ब्रोकरले टिएमएस खोलेका कारण उत्पन्न परिस्थितिको जिम्मेवारी सम्बन्धित ब्रोकरले नै लिनु पर्ने चेतावनीसहितको सूचना ब्रोकर कार्यालयमा टाँसेका हुन् । आयतबार विहानैदेखि एक जुट भएका लगानीकर्ताहरुले विभिन्न समूह नै बनाएर ब्रोकर हाउस बन्द गराईरहेका छन् । उनीहरुले ठाउँ ठाउँमा खटिने टोली बनाएर ब्रोकरका टिएमएस बन्द गराउने, ब्रोकरका कार्यालयमै तालाबन्दी गर्ने लगायतका काम गरिरहेका छन् ।
सेयर कारोबार प्रभावित भएको छ । टिएमएस नखुलेका कारण अनलाइनबाट कारोबार गर्ने लगानीकर्ताले पनि शेयर किनबेच गर्न पाएका छैनन् । अहिले तिर्दै आएको ५ र ७.५ प्रतिशत पुँजिगत लाभकर नै अन्तिम कायम गर्नुपर्ने माग लगानीकर्ताले राखेका छन् ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...