राजेन्द्र लिङदेनको प्रश्न- कसको स्वार्थ र खुशीको लागि नागरिकता विधेयक प्रमाणीकरण गरियो ?

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले भारत भ्रमणको एकदुई घण्टा अगाडि किन नागरिकता विधेयक प्रमाणीकरण गरेको भनेर प्रश्न गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठक अवरोध गर्न उत्रिएका लिङदेनले ‘कसको स्वार्थ र खुशीको लागि प्रमाणीकरण गरियो ।’ भनि प्रश्न गरेका हुन् ।

 

‘बाउआमा नेपाली नागरिक भएका छोराछोरी नागरिकता पाउनबाट वञ्चित भएका हजाराँ नागरिकले नागरिकता पाउनुपर्छ । नागरिकता ऐन संशोधन हुनुपर्छ भन्नेमा हाम्रो कसैको दुई मत छैन । जुन प्रक्रियाबाट, जुन समयमा नागरिकता विधेयक प्रमाणित गरियो, त्यसको विरुद्धमा राप्रपा छ ।’ उनले भने, ‘यसलाई चाँडोभन्दा चाँडै प्रक्रियामा ल्याऔं, संसदबाटै अगाडि बढाउनुपर्‍यो । यसलाई कुनै ढिलाइ नगरियोस् । राष्ट्रपति मन्त्रिपरिषद्को कारिन्दा होइन । राष्ट्रपति संस्था सैद्धान्तिक रुपमा अभिभावक हुन सक्दैन । हामीले जति पनि निष्पक्ष भने पनि दलको निर्देशन चल्छ । अहिले त्यही भयो ।’

 

लिङदेनले प्रतिनिधिसभाको बैठकमा नागरिकता विधेयक प्रमाणीकरण गरेकोप्रति आपत्ति जनाउँदै राष्ट्रपति संस्था सैद्धान्तिक रुपमा पनि निष्पक्ष हुन नसक्ने टिप्पणी गरेका छन् । उनले राष्ट्रपतिले मन्त्रिपरिषद्को कारिन्दाको भूमिका खेलेको आरोप लगाए ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.