प्रचण्डको हिन्दुवादी अवतार : कति स्वाभाविक, कति बनावटी

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । कम्युनिस्ट विचारधाराका प्रणेता कार्ल मार्क्सले भनेका थिए, ‘धर्म मानिसका लागि अफिम हो ।’ तिनै मार्क्सलाई आदर्श मान्ने नेपालका कम्युनिस्टले भने अब धर्मलाई अफिम मान्न छाडेका छन् । त्यसको गतिलो उदाहरण हो, प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष रहेका पुष्पकमल दाहाल प्रचण्डको गेरुवस्त्रधारी अवतार । भारतको मध्यप्रदेशस्थित महाकालेश्वर मन्दिरभित्र उनको वेशभूषा र क्रियाकलाप हेर्न लायकको थियो । त्यहाँ उनले गेरु वस्त्र मात्र लगाएनन्, नेपालबाट लगेको रुद्राक्ष र हजारौँ रुपैयाँ भेटीसमेत अर्पण गरे ।

 

तर नेपाली कम्युनिस्टहरूको दोहोरो चरित्र बेलाबखतमा उदाङ्गो हुने गरेको  छ । यसलाई ढाकछोप गर्न उनीहरू हरदम प्रयासरत हुन्छन् । तर कहाँ गएर चुक्छन्, त्यसको पत्तो उनीहरूलाई नै हुँदैन । प्रश्न उठाउँदा उनीहरू शब्द जालले यसरी झुकाउने गर्छन् । संवैधानिक पद ग्रहण गर्ने क्रममा शपथ लिँदा ’ईश्वर’ शब्द उच्चारण गर्न नमान्ने कम्युनिस्ट नेताहरू जनताका नाममा शपथ लिएको ढोङ गरिरहेका हुन्छन् । ’ईश्वर’का नाममा शपथ लिँदा सिद्धान्तबाट च्युत भइने मनोविज्ञानबाट ग्रसित उनीहरू मन्दिरमा पूजापाठ, ग्रहशान्ति र होमहोमादी गर्न भने पछि पर्दैनन् ।

२०५० को दशकमा उदाएको माओवादी आन्दोलनले परम्परागत सामाजिक–सांस्कृतिक मान्यता भत्काउने अभियान नै चलाएको थियो। द्वन्द्वको समयमा उसले हिन्दु धार्मिक आस्थालाई तारो बनाएको थियो। सशस्त्र द्वन्द्व उत्कर्षमा रहँदा माओवादीका सुप्रिमो प्रचण्ड धर्मलाई विकासको बाधक मान्थे। उनकै निर्देशनमा कार्यकर्ताले धर्म नमान्न उर्दी जारी गरेका थिए । त्यही क्रममा माओवादीले हिन्दु समुदायले आमा मानेर पूजा गर्ने गाई काटेर भोज खानेदेखि किरिया गर्न लाग्दा ढिकुरो फुटाउने सम्मका काम गरेका थिए । उनीहरूले देवीदेवताका मन्दिर मात्रै भत्काएनन्, मन्दिरमै दिसा पिसाब समेत गरेर धर्म भीरुको आस्थामाथि प्रहार गर्ने काम गरे ।

 

२०६१ सालमा पुराण वाचनमा बसेका पण्डित नारायण पोखरेलको हत्याको जिम्मा तत्कालीन माओवादी कार्यकर्ताले लिएका थिए । उनीहरूले विद्यालय–विद्यालय पुगेर संस्कृत पुस्तक च्यातेर पठनपाठन बन्द गराएका थिए ।  तर शान्ति प्रक्रिया हुँदै संसदीय राजनीतिमा आइपुग्दा माओवादी एकाएक फेरियो । धार्मिक सङ्कीर्णताका कारण समाजको विकास रोकिएको टिप्पणी गर्ने अध्यक्ष प्रचण्ड भैँसी पूजा गर्ने अवस्थासम्म आइपुगे। कथित गुरुको सल्लाहअनुसार ग्रहशान्तिका लागि भन्दै उनले २०६६ माघ २९ गते भैँसीको पूजा नै गर्न भ्याए ।

तिनै प्रचण्ड आज तेस्रो पटक मुलुकको नेतृत्व गरिरहेका छन् । तेस्रो पटक प्रधानमन्त्री बनेका उनी भारत भ्रमण पुरा गरेर शनिवार नेपाल आइपुगेका छन् । आफूलाई कट्टर कम्युनिस्ट र माओको नै उत्तराधिकारीको रूपमा दाबी गर्दै धर्मलाई मान्दै नमान्ने प्रचण्ड एकाएक परिवर्तन हुँदा स्वयं उनका सहकर्मीहरू नै अचम्मित हुन पुगेका छन् । प्रचण्डले महाकालेश्वरमा पूजा अर्चना गरिरहेको तस्बिर शनिवार सामाजिक सञ्जालमा राख्दै उनका पूर्वसहयात्री बाबुराम भट्टराईले व्यङ्ग्य गरेका छन्, हामी कता जाँदै छौ ,देश कता जाँदै छ ?

 

हुन त आफ्नै पिताको निधन हुँदा समेत कोट लगाएर छालाको जुत्तामा नै हावामा मुट्ठी उठाउँदै मृत शरीरलाई जलाउने प्रक्रियाको थालनी गरेका उनी त्यस बेला कट्टर कम्युनिस्ट थिए –प्रचण्ड थिए । ५ वर्षअघि मात्रै पुत्र प्रकाश दाहालको निधन हुँदा कोट र जुत्ता फुकाली मन्त्र पढ्दै दागबत्ती दिएका प्रचण्ड सायद पुष्पकमलमा रूपान्तरित भैसकेका थिए । आफ्नो बिचार र शैलीलाई क्षण–क्षणमा रूपान्तरण गरिरहन सक्ने प्रचण्ड सायद आज उही न्वारन गर्दा पण्डितले जुराइदिएको नाम –छविलालमा रूपान्तरित भैसकेका छन् । हुन पनि प्रचण्ड भारत भ्रमणको बेला महाकालेश्वरमा उही छविलालको स्वरूपमा प्रकट भएका हुन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.