रवि लामिछानेको चेतावनी- प्रतिपक्षको उपस्थितिलाई सत्तापक्षले दादागिरी देखाउन नखोजोस्
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सत्तापक्षलाई दादागिरी नदेखाउन चेतावनी दिएका छन् । प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद शिशिर खनालले ‘प्रधानमन्त्री भैँसी चढेर आएको’ भन्ने अभिव्यक्ति दिएपछि मच्चिएको होहल्लापछि प्रधानमन्त्रीको भारत भ्रमणजस्तो संवेदनशील विषयमा छलफलको लागि ३० सेकेण्ड र १ मिनेट दिएर मजाक गर्न खोजेको हो ? भन्दै प्रश्न गरेका थिए ।
उनले भने, ‘प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर सोही शब्द भन्दा केही नहुने, दृष्टान्तस्वरूप हाम्रो सांसदले भनेको शब्द हटाउने भए हटाऔं ठीक छ । त्यसो भए प्रधानमन्त्रीले भनेको शब्द पनि हटाऔं । हामीलाई केही आपत्ति छैन । सत्तापक्ष पेलेर जान खोज्छ भने थाहा होस् सत्तापक्षको सदन होइन । प्रतिपक्षको सदन हो । प्रतिपक्षको उपस्थितिलाई सत्तापक्षले दादागिरी देखाउन नखोजोस् ।’
आफ्नो पार्टीका सांसद शिशिर खनालले बोलेको ‘भैँसी चढेर आएको’ शब्दालवी हटाउनुपर्ने कुनै कारण नहरेको उनको भनाइ रहेको थियो । सम्बोधनका क्रममा प्रधानमन्त्री स्वयंमले ‘भैँसी चढेको’बारे बोलेको भन्दै उनले रास्वपा सांसदले बोलेको शब्दावली हटाउन नहुने बताएका हुन् ।
प्रधानमन्त्री भारतबाट ‘भैंसी चढेर आएको’ भन्ने शब्दले संसद बैठकमा हंगामा भएको थियो । ‘हामी चाहन्थ्यौं प्लेन चढेर भर्खरै आफैंले उद्घाटन गरेको पोखरा विमानस्थलमा अवतरण गर्नुहुन्छ भनेर तर यहाँ भैंसी चढेर आएका कुराहरू आए ।’ खनालले यति भन्न नपाउँदै माओवादी सांसदहरूले विरोध जनाएका थिए ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...