कैलालीको प्रचण्ड गर्मीमै फल्यो लटरम्म स्याउ, कृषक उत्साहित

स्टार संवाददाता
स्टार संवाददाता

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरमा पहिलोपटक व्यावसायिक स्याउको उत्पादन थालेका कृषक गोकर्ण ओलीले लटरम्म स्याउ फलाएका छन् । हालसम्म चिसो हावापानीमा मात्रै फल्दै आएको स्याउ तराईमा फलेको देख्दा यहाँका कृषक उत्साहित भएका छन् । कुल ७५ लाख रुपयौँ लागतमा स्याउ खेतीको थालनी गरेका ओलीले प्रदेश सरकारबाट १५ लाख रुपियाँ अनुदान पाएका छन् । परीक्षणका लागि हाल २० बोटमा मात्रै स्याउ फलाएको कृषक ओलीको भनाइ छ ।

 

तराईमा ठूलो क्षेत्रफलमा स्याउको व्यावसायिक खेती गर्ने ओली सम्भवतः पहिलो कृषक हुन् । एचआरएमएन ९हर्मन० –९९ जातको स्याउको बोट भारतबाट ल्याएर उनले खेती गरेको हुन् । यो जातको स्याउखेती ४८ डिग्री सेल्सियस तापक्रम भएको ठाउँमा पनि हुन्छ । भारतको उत्तर प्रदेश, हरियाणा, पञ्जावलगायतका धेरै ठाउँमा यो स्याउखेती हुँदै आएको छ । ओलीले १ हजार दुई सय स्याउको बोट लगाएका छन् । आफूले गरेको खेती सफल भएमा त्यसलाई बढाउँदै लैजाने उनको योजना छ ।

 

प्रतापपुरमा पहिलोपटक स्याउको बगैचा स्थापना भएको कृषि ज्ञान केन्द्र कैलालीले जानकारी दिएको छ । सुदूरपश्चिम प्रादेशिक कृषि निर्देशनालयका प्रमुख यज्ञराज जोशीले जोखिम मोलेर तराईमा स्याउ खेती गर्दा त्यो सफल भएको प्रतिक्रिया दिए । भारतबाट बर्सेनी करोडौं रुपैयाँको स्याउ भित्रिने गरेको छ । तराईमा धेरै जग्गा भएका अन्य किसानले पनि स्याउ खेती गर्न सके बाहिरबाट आयात गर्न नपर्ने र किसानले पनि मनग्य आर्थिक लाभ लिन सक्ने देखिएको छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.