प्रधानमन्त्रीको भ्रमणमा प्रोटोकल भद्रगोल भयो : ओली

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण फितलो भएको बताएका छन् । सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा फितलो प्रदर्शन गरेको बताएका हुन् ।

 

उनले भने, ‘मलाइ भन्न मन थिएन, छैन तर प्रोटोकल पनि भएन । तरिकाहरु पनि मिलेन । परराष्ट्र मन्त्री कता छ थाहा छैन रु अर्को मन्त्री थाहा छैन कता छ रु अर्थमन्त्री कता छ थाहा छैन । उहाँको पिए छोरी छेउमा देखिन्छ । परराष्ट्रको चिफ अफ प्रोटोकल छैन । परिवारको सदस्य राख्नुभएको छ । फस्र्ट लेडी भनेको स्पाउजलाई भनिन्छ । अरु फेमिली मेम्बर हो । छोरो लिएर जानुभयो भने के भन्ने फस्र्ट जेन्टलमेन्ट रु स्पाउज त होइन । फस्र्ट लेडी भनेर परिवारका सदस्यलाई भनिदैन । भोलि नातिनी लिएर जानुभयो भने के भन्ने रु सेकेण्ड लेडी रु यस्तो भद्रगोल गर्नु हुँदैन क्या । प्रोटोकललाई यस्तो भद्रगोल गर्नु हुँदैन ।’

 

उनले प्रधानमन्त्री भ्रमणका क्रममा नेपालको शिर ठाडो पार्नेगरी गौरवपूर्ण ढंगले प्रश्तुत हुन नसकेको बताए । उनले भ्रमणका क्रममा प्रोटोकल पनि नमिलेको उल्लेख गरे । अध्यक्ष ओलीले आफ्नो स्वकिय सचिवका रुपमा छोरीलाई छेउमा राखेको भएभनि परराष्ट्रमन्त्री, सचिव र चिफ अफ प्रोटोकल नजिक नहुनु गलत भएको बताए ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.