‘भारत भ्रमणको उपलब्धि १५ वटा राँगा मात्रै हो’

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको भारत भ्रमणमा कुनै उपलब्धि नभएको बताएका छन् । सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष ओलीले १५ ओटा राँगा ल्याउने बाहेक कुनै प्रगति नभएको टिप्पणी गरेका हुन् ।

 

उनले भने, ‘अब फुर्तिफार्ति प्रधानमन्त्रीज्यूको हेर्दाखेरी सारा जितेर फर्किदै गरेको सिकन्दर जस्तो । सब फाँडेर फर्किएको चङ्गेश खाँ जस्तो । विजयी । अचम्म लाग्यो । साँच्चै ल्याएको चाहीँ के भने १५ वटा राँगा । अरु कुरा त प्रधानमन्त्रीज्यु प्रमाणित गर्नुपर्छ यो ल्याएँ भनेर । ल्याएको चाहीँ १५ वटा राँगा नै हो । चढेर आएपनि डाहोयाएर ल्याएपनि ।’

 

अध्यक्ष ओलीले नागरिकता सम्बन्धी विधेयक संसदमा पुनः ल्याउनुपर्ने बताएका छन् । उनले सो विधेयकको सम्बन्धमा संसदमा छलफल गर्न पाउनुपर्ने बताए । संसदमा नयाँ सदस्यहरु आएको भन्दै उनले विधेयकको सम्बन्धमा संसदमा छलफल आवश्यक रहेको बताएका हुन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

सुदूरपश्चिममा आज नयाँ सरकार गठन हुँदै

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ ।   प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठन गर्न...

कर्णालीका चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिँदै

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले आज पद तथा गोपनीयताको सपथ लिने भएका छन् । मन्त्रीहरूले को...

आज एमालेका मनोनित केन्द्रीय सदस्यको शपथग्रहण

काठमाडौं । आज नेकपा एमालेका मनोनीत उपाध्यक्ष, स्थायी कमिटी तथा केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम रहेको छ ।   पार्टी...

.