सूचना प्रविधि र पर्यटन क्षेत्रको विकासमा जोड दिन नेता कार्कीको सुझाव
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले सूचना प्रविधि र पर्यटन क्षेत्रको विकासमा जोड दिन सरकारलाई सुझाव दिएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले सरकारलाई सो सुझाव दिएका हुन् ।
नेता कार्कीले सूचना प्रविधि र पर्यटन क्षेत्रको विकासमा जोड दिए मुलुक १० वर्षमै एशीयाकै सम्पन्न राष्ट्रमा परिणत हुने दावी समेत गरका छन् । उनले सरकारले ल्याएको बजेट सन्तुलित, यथार्थपरक रहेकाले यसबाट मुलुकको निजी क्षेत्रसमेत उत्साहित भएको दावी समेत गरेका हुन् ।
कमजोर आर्थिक वृद्धि, बढदो मुद्रास्फिति र उपभोग्य बस्तुको बढदो आयात अहिलेको मुख्य समस्या रहेको औंल्याउँदै नेता कार्कीले यी समस्यालाई समाधान गर्दै आर्थिक विकास गरेर देशलाई स्थायित्वको बाटोतर्फ लैजाने बजेटको लक्ष्य रहेको बताए । नेता कार्कीले बजेटलाई आफ्नो पार्टीले समर्थन गर्ने पनि बताएका छन् ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...