बाढी र डुबानबाट प्रभावित परिवारलाई बगर खेतीमा शतप्रतिशत अनुदान
कैलाली । कैलालीको कैलारी गाउँपालिकाले वर्षेनी बाढी र डुबानबाट प्रभावित हुँदै आएका परिवारलाई लक्षित गरी बगर खेतीमा शतप्रतिशत अनुदान दिएको छ । जिल्लामै सबैभन्दा बढी बाढी र डुबानबाट प्रभावित हुँदै आएको गाउँपालिकाले प्रभावित परिवारको दैनिक जीविकोपार्जन सहज बनाउन बगर खेतीमा प्रोत्साहन गरेको हो ।
गत वर्षको बाढीबाट बिस्थापित १६ घर परिवारलाई टेन्टमा जंगलमा बसोवास गराउँदै आएको गाविसले खासगरी मोहनपुर, शिवरत्नपुर, हौसलपुर, बैसपुर लगायतका बाढी प्रभावितलाई बगर खेतीमा अनुदान दिएको हो । बगर खेती गर्ने प्रविधिका बारेमा गाउँपालिकाको विभिन्न सामाजिक संस्थासँग सहकार्य गरेर इच्छुक किसानहरुलाई खेती प्रणालीको प्रशिक्षण दिने गरिएको गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले बताएका छन् ।
गाउँपालिकाबाट अनुदान पाएपछि बाढी प्रभावित समुदाय बगर खेतीमा लागेका हुन् । गाविसले उनीहरुलाई बालुवामा खेती गर्ने तरिका सिकाउनुको साथै बीउ, मल तथा कृषि विज्ञको सेवा निःशुल्क उपलब्ध गराउँदै आएको छ । अहिले मोहना, घुरा लगायतका नदी किनारमा बारेर किसानहरुले बगर खेती गरेको देख्न सकिन्छ । नदी किनारका अधिकांश स्थानहरु बगर खेतीका कारण हरियो देखिने गरेका छन् ।
सुनचाँदीको मूल्य कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार १ लाख ४९ हजार ९ सय रुपैँयामा कारोबार भएको छापावाला...
आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...
सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाकाे १ लाख ४९ हजार ९ सय
काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबार १ लाख ४९ हजार ४ सय रुपैँयामा कारोबार भएको छापावाला...
आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...
नेप्से परिसूचक ५.२९ अंकले घट्यो
काठमाडौं । आज शेयर बजारमा सामान्य करेन्सन देखिएको छ । एक समय २८०५ अंकसम्म पुगेको बजार अन्ततः बजार ५.२९...
सुनको मूल्यमा नयाँ रेकर्ड : तोलामा १ लाख ४९ हजार ४ सय
काठमाडौं । बिहीबार सुनको मूल्य बढेको छ । बुधबार १ लाख ४७ हजार ८ सय रुपैँयामा कारोबार भएको छापावाला...