कर हेरफेरमा कसैको संलग्नता नरहेको अर्थमन्त्रीको स्पष्टीकरण,भन्छन्- इमानदार भएर काम गर्न कठिन रहेछ

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफूले कुनै पनि प्रभावबाट मुक्त भएर काम गरेको भन्दै शंका गर्नुपर्ने कुनै पनि कारण नरहेको दाबी गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा उठेको प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री महतले करका दर हेरफेरमा कोही पनि अनधिकृत व्यक्ति संलग्न नरहेको स्पष्टीकरण दिदै आफुले इमान्दार भएर काम गरेको दाबी गरेका गरेका हुन् ।

 

उनले भने, इमानदार भएर काम गर्न कठिन हुँदो रहेछ । इमानदार हुँदा प्रश्नमाथि प्रश्न उठ्दो रहेछ । एउटा पत्रिकाले एउटा समाचार पटक पटक दोहोर्याउँछ र हामी सत्य ठान्दछौं । तर, वास्तविकता कुनै प्रभावनका मुक्त भएर मैले काम गरेको छु । म अर्थमन्त्री हुने दिनदेखि नै कुनै प्रभावबाट मुक्त भएर काम गर्छु भन्ने प्रतिवद्धताका साथ अफिसमा पसेको हुँ त्यो पालना गरेको छु । यो पदमा रहेसम्म पूर्णरुपमा कर्तव्यनिष्ठ रुपमा निर्वाह गर्दछु ।’

 

निश्चित स्वार्थ समूहले हल्ला चलाएको भन्दै मन्त्री महतले आफूले विचौलियालाई छेउमा पनि आउन नदिएको उनले दाबी थियो ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.