पुनर्वासमा फोहोर मैला व्यवस्थापन सम्बन्धी विद्यालय स्तरीय अभिमुखीकरण कार्यक्रम सञ्चालन 

स्टार संवाददाता
स्टार संवाददाता

कञ्चनपुर । पुनर्वास नगरपालिकाले संयुक्त राष्ट्र सङ्घको मूल नारालाई स्थानीयकरण गर्दै  वातावरण दिवसको अवसर पारेर नगरपालिकामा निकट भविष्यमा प्लास्टिक झोला मुक्त नगरपालिकाको परिकल्पना सहित फोहोर मैला व्यवस्थापन सम्बन्धी विद्यालय स्तरीय अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । नगरपालिकामा  ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ शिक्षक विद्यार्थीहरू बिच अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गरिएको  हो ।

 

वातावरण दिवसको अवसरमा वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले यस अवसरमा वातावरण संरक्षण र प्रवर्द्धन सम्बन्धी विविध कार्यक्रम गर्न आग्रह गरेको थियो ।  विभागले आ–आफ्नो स्थानबाट यस दिवस भव्य र सभ्य रूपमा मनाउनका लागि सबै स्थानीय तह, प्रदेश सरकार, सङ्घीय सरकार एवं सरकारी तथा गैरसरकारी निकाय, सम्बन्धित सरोकारवाला र आम सर्वसाधारणमा अनुरोध गरेको थियो ।

 

पुनर्वास नगरपालिकाले  विद्यालय स्तरीय अभिमुखीकरण कार्यक्रम वडा नं १ स्थित राम बुद्ध मा बिमा आज  कक्षा ८,९र १० मा अध्ययनरत विद्यार्थी छात्र छात्राहरूमाझ  एक कार्यक्रमका बिच प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ शिक्षक विद्यार्थीहरू बिच अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

 

पुनर्वास नगरपालिका वडा नम्बर १का वडाध्यक्ष मोहनलाल राना ज्यूको सभापतित्व र राम बुद्ध मा बि का प्रधानाध्यापक कृष्ण कुवंरको प्रमुख आतिथ्यमा उक्त अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त कार्यक्रमलाई पुनर्वास नगरपालिकाका बताबरण तथा पर्यावरण एवं बिपद व्यवस्थापन समितिका फोकल पर्सन ओमनाथ ढकालले सहजीकरण गरेका थिए ।

 

प्लास्टिकजन्य पदार्थको नियन्त्रण हुन नसक्दा समग्र नगरको सौन्दर्य बिगार्ने, दुर्गन्ध बढाउने नकुहिने प्लास्टिकको अत्यधिक प्रयोगले वातावरणलाई प्रदूषित बनाई रहेको सन्दर्भमा नगरपालिकाले प्लास्टिक झोलाको प्रयोग निर्मूल पार्न चालिएको कदम निकै नै सर्हनिय रहेको  राम बुद्ध मा बि का प्रधानाध्यापक कुँवरले जिकिर गरे  । यसै गरी कार्यक्रममा वातावरणमैत्री समाज निर्माणका लागि आ आफ्नै स्तरबाट सबै जना लाग्नुपर्नेमा जोड दिँदै प्लास्टिक विकल्पको जरुरी रहेको कुरामा  वडाध्यक्ष मोहनलाल रानाले जोड दिइएको  थियो ।

 

फोहोर मैला व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम पुनर्वास नगरपालिका अन्तर्गतका मावि तथा आधारभूत सामुदायिक तथा संस्थागत विद्यालयहरूमा  क्रमशः सञ्चालन  सञ्चालन गर्दै जाने पुनर्वास नगरपालिकाका फोकल पर्सन ओमनाथ ढकालले बताए  ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.