खप्तड पुगेर प्रधानमन्त्री दाहालले भने- अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्र बनाउँछौँ

स्टार संवाददाता
स्टार संवाददाता

कञ्चनपुर । प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको उद्घाटन गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल फर्किएका छन् । मंगलबार सम्मेलनको उद्घाटन गरेर प्रधानमन्त्री दाहाल काठमाडौँ फर्किएका हुन् ।

 

प्रधानमन्त्री दाहालले सम्मेलन उद्घाटन गर्दै खप्तडमा अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्र बनाउने आश्वासन दिए । आध्यात्मिक केन्द्र निर्माणका लागि लगानी गर्न बाबा राम देव र आचार्य बालकृष्णलाई पनि इच्छुक रहेको प्रधानमन्त्रीले बताएका थिए। उनले खप्तड विकास कोष वा प्रतिष्ठान बनाउने विषयमा पनि छलफल गर्ने बताएका थिए । प्रधानमन्त्री प्रचण्डले आफू सुदूरपश्चिम प्रदेशको विकासको लागि प्रतिबद्ध रहेको बताएका थिए ।

 

प्रधानमन्त्रीले उद्घाटन गरेको सम्मेलनमा राम देव, आचार्य बालकृष्ण, पूर्व प्रधानमन्त्री झालनाथ खनाल, प्रदेश प्रमुख देवराज जोशी, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्र मन्त्री एसपी साउद लगायत उपस्थित थिए । यस्तै सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाह, निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावल पनि खप्तडमै छन् । राम देव मंगलबार बिहान पश्चिमी सीमा नाका गड्डाचौकी भएर धनगढी पुगेका थिए । त्यहाँबाट हेलिकप्टरमा खप्तड पुगेका थिए । खप्तडलाई अन्तराष्ट्रियस्तरमा चिनाउन खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा मंगलबारबाट आध्यात्मिक सम्मेलन सुरु भएको हो ।

 

भू–स्वर्गकारुपमा चिनिने खप्तडलाई अन्तराष्ट्रियस्तरमा चिनाएर पर्यटन विकास गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलन तीन दिनसम्म चल्ने छ ।सम्मेलनमा स्वामी रामदेवले ध्यान र प्रवचन दिने कार्यक्रम पनि तय भएको छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.