राप्रपा कञ्चनपुरका कार्यकर्ता रिहा, आन्दोलन स्थगित

स्टार संवाददाता
स्टार संवाददाता

महेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरले बजार बन्दलगायत आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । आफ्ना कार्यकर्ता जयकिशन बोहरालाई प्रहरीले पक्राउ गरेको विरोधमा राप्रपाले मंगलबार पूर्व–पश्चिम राजमार्गको सडक खण्डमा अवरोध सृजना गरेको थियो ।

 

राप्रपाले आज मंगलबार महेन्द्रनगर बन्दको आयोजना गरेको थियो । तर, प्रशासनले हिजै बोहरालाई निसर्त रिहा गरेकाले आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको राप्रपाका अध्यक्ष गजेन्द्र चन्दले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ । बोहरालाई राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिरमा जुत्ताको माला लगाएको आरोपमा प्रहरीले २१ गते दिउसो दोस्रो पटक पक्राउ गरेको थियो । बोहरा राप्रपाका जिल्ला समिति सदस्य हुन । गत बिहीबार पनि प्रहरीले बोहरा र राप्रपा भीमदत्त नगर सचिव किसन चन्दलाई नियन्त्रणमा लिएको थियो ।

 

त्यसपछि उनीहरुलाई प्रहरीले कागज गराएर छोडेको थियो । फेरि बोहरा मात्र पक्राउ परेका थिए । राप्रपा कञ्चनपुरले सरकारका राष्ट्रघाती कामकाविरुद्ध गरिएका कार्यक्रम अन्तर्गत विभिन्न बहानामा आफ्ना कार्यकर्तालाई नियन्त्रणमा लिएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.