निर्वाचन आयोगको कार्यालय खारेज गर्ने निर्णयलाई सच्याउन महामन्त्री थापाको माग
![](https://old.sevenstartv.com/wp-content/uploads/2023/04/gagan-thapa-1.jpg)
![](https://sevenstartv.com/wp-content/uploads/2023/05/favicon-min.jpg)
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले निर्वाचन आयोगको जिल्ला कार्यालय खारेज गर्ने निर्णय सच्याउन माग गरेका छन् ।बुधबार प्रतिनिधिसभाको शून्य समयमा सांसद थापाले निर्वाचनको निष्पक्षतामा सम्झौता गर्ने कुनै पनि निर्णय मान्य नहुने भन्दै आयोगका कार्यालय हटाउने बजेटको योजना फिर्ता लिन माग गरेका हुन् ।
उनले भने, ‘के १५ करोड बचत गर्नका लागि निर्वाचनको निष्पक्षतामा सम्झौता गर्नुपर्ने अवस्थामा हामी पुगिसकेका हो त ? मलाई यस्तो लाग्दैन । सरकारले हुलमुलमा आयोगहरू, कार्यालयहरू कटौती गर्दा निर्वाचन आयोगको कार्यालय कटौती गर्नेतर्फ यथेष्ट ध्यान पुर्याएन भन्ने मलाई लाग्छ । त्यसैले आफूले गरेको गल्तीलाई समयमा सच्यायो भने त्यो गल्तीको दुष्प्रभाव हामीले बेहोर्नुपर्दैन । निर्वाचन आयोगको कार्यालय खारेज गर्ने निर्णयलाई तत्काल सच्याउनका निम्ती म नेपाल सरकारसँग माग गर्दछु ।’
उनले जिल्ला निर्वाचन कार्यालय खारेज गर्दा १५ करोडमात्रै बचत हुने र त्यसका लागि निर्वाचनको निष्पक्षतामा सम्झौता गर्न नहुने बताए ।सरकारले बजेटमार्फत जिल्ला निर्वाचन आयोगका कार्यालय हटाउने निर्णय ल्याएको कुरा संविधानसम्मत पनि नभएको थापाको भनाई थियो ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...