‘आफ्नो भारत भ्रमणबारे कनिकुथी विरोध गर्नु उचित होइन’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणबारे कनिकुथी विरोध गर्नु उचित नभएको बताएका छन् । बुधबार राष्ट्रियसभा बैठकमा बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले सांसदहरुले हुन बाँकि सहमतीलाई पनि बिगार्ने र नेपाललाई नै कमजोर बनाउने गरी आफ्नो भारत भ्रमणको सकिनसकि विरोध गर्ने तरिका उचित नभएको बताएका हुन् ।
प्रधानमन्त्री दाहालेले भने, ‘ मैले औंपचारिक कुनै पनि बैठकमा जमिन सट्टापट्टाबारे कुरै गरेको छैन । र, गरेकै होइन । खाली कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको हो । त्यस्तो केही पनि भएको छैन । सीमा सम्बन्धि समस्या हल गरिन्छ भन्ने कुरा हामीले त भनेकै कुरा हो । भारतीय प्रधानमन्त्रीले पनि पहिलो चोटी भन्ने परिस्थिति सृजना गरियो । त्यसमा तपाई, हामी सबैले गर्व गर्नु पर्दछ । नेपालको इतिहासमा पहिलो पटक सीमा सम्बन्धि समस्या हामी हल गर्छौं भनेर दुवै जना प्रधानमन्त्रीले दुनियाँको अगाडि उभिएर कमिटमेन्ट गर्ने सानो उपलब्धि होइन । प्रधानमन्त्रीले विश्वासको वातावरण बनाएर सीमाको समस्या हल गर्छौ भन्ने ठाउँसम्म भारत पनि सहमत भएर आएको कुरालाई त अरु कसैले गयो र ? अरु कुनै सरकार, हामी स्वयम रहेका हिजोको सरकारले पनि हिजो गर्न सकेको कुरा थियो र यो ?’
प्रधानमन्त्री दाहालले आफूले भारतसँग गरेका सहमतीका लागि राष्ट्रिय एकता प्रर्दशन गर्न पनि सबै पार्टीलाई आग्रह गरे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो पटक दुई मुलुकबीचको सीमा समस्या समाधान गर्ने भनेर दिएको सार्वजनिक अभिव्यक्ति नेपालको लागि ठूलो कुरा भएको बताएका छन् । आफूले भारत भ्रमणको क्रममा खर्बौको लगानी भित्र्याउने गरी सहमती गरेको जिकीर समेत गरेका छन् ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...