कसैले कसैलाई पनि नढाँटौँ, ढाँट्ने काम बन्द गरौँ : वेदुराम भुसाल

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले खाद्य शिक्षा र पोषण शिक्षासम्बन्धि सचेतना अभियान शुरु गर्न जरुरी रहेको बताएका छन् ।बुधवार विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोध गर्ने क्रममा उनले खाद्यान्न स्वच्छ, सफा हुनुपर्ने, खाद्यको सुरक्षा हुनुपर्ने भन्नेकुरा निश्चित समूहमा मात्रै पुग्ने गरेकाले आम मानिसमा यसको प्रचारप्रसार हुन जरुरी रहेको बताएका हुन् ।

उनले खाद्य शिक्षा र पोषण शिक्षाका बारेमा सचेताना अभियानका मन्त्रालयले रकम छुट्याएर काम गर्नेपनि प्रतिवद्धता जनाए । उनले एकले अर्कोलाई ढाँट्नु भनेको अपराध भएकाले सबैले कसैलाई पनि नढाँटी काम गर्न जरुरी रहेको बताए । उनले खाद्य स्वच्छता सम्बन्धी विधेयक गत वर्ष नै राष्ट्रिय सभाबाट पारित भइ प्रतिनिधि सभामा अड्किएको र आफूले संसदमा प्रश्तुत गर्न सभामुखसँग आग्रह गरिसकेकाले अब चाँडै नै खाद्य स्वच्छता सम्बन्धी विधेयक संसदमा आउने बताए ।

कार्यक्रममा उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँले खाद्य स्वच्छता तथा गुणस्तर ऐन संविधान निर्माण भएको तीन वर्ष भित्र आउनुपर्नेमा अहिलेसम्म नआएकोप्रति आपत्ति जनाए । उनले मौलिक हकको तर्फबाट आउनुपर्ने ऐन नै नआउँदा समस्या भइरहेको बताए । उनले मन्त्री भुसाललाई हिउँदे अधिवेशनमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन ल्याइसक्ने प्रतिवद्धता जनाउन आग्रह गरे ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.