‘सहकारी क्षेत्रले पुनः पुनर्जीवन पाउँछ, तर हामीमा साझा प्रतिवद्धताको आवश्यक्ता छ’

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा। दामोदर रेग्मीले सहकारी संस्थाको अनुशासनलाई सुदृढ गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित सहकारीको विद्यमान चुनौति र समाधानको उपाय विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले सहकारीका समस्या समाधान हुन नसक्ने खालका नरहेको भन्दै साझा प्रतिवद्धता लिन आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘यी समस्याहरु समाधान हुन्छन्, सहकारी क्षेत्रले पुनः पुनर्जीवन पाउँछ र अर्थतन्त्र र सामाजिक क्षेत्रमा महत्वपूर्ण क्षेत्रका रुपमा रुपान्तरण हुनसक्छ । तर हामीमा साझा प्रतिवद्धताको आवश्यक्ता छ । समस्या साह्रै ठूलो पनि नबनाऔँ । सबै सहकारी समस्याग्रस्त भएका होइनन्, सबै सहकारी भागेका पनि होइनन्, सबै वचतकर्ताको वचत समस्यामा परेको पनि होइन तर केहीको परेको छ । जहाँ जहाँ अनुशासन भएन, जहाँ जहाँ सहकारीको मूल्य मान्यता आत्मसाथ गरिएन त्यहाँ समस्या भयो ।

सचिव रेग्मीले सहकारीका समस्यालाई ठूलो बनाउन जरुरी नरहेको जिकिर गरे । उनले सबै सहकारी समस्याग्रस्त नरहेको र सबै सहकारी नभागेको भन्दै केही सहकारीका कारण सबै सहकारी संस्थाहरु अपमानित हुनु परेको बताए । सहकारीहरु आफ्नो नियम र अनुशासनमा बस्न नसक्दा समस्या आएको बताए । उनले सहकारी संस्थाहरुले आन्तरिक सुशासनको पालना गर्नुपर्नेमा जोड दिए ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.