भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी संसदमा सम्बोधन गर्ने

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आगामी असारको पहिलो सातादेखि अमेरिकाको राजकीय भ्रमणमा जाने भएका छन् । सभामुख तथा सिनेटका अध्यक्ष एवम् अन्य अधिकारीको आमन्त्रणमा भ्रमणमा जाने भएका प्रधानमन्त्री मोदीले अमेरिकी संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका हुन् ।

 

प्रधानमन्त्री मोदीले पनि अमेरिकी सदनको निमन्त्रणा स्वीकार गर्दै आगामी असार ७ गते अमेरिकी संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने घोषणा गरेका छन् । अमेरिकी कङ्ग्रेसको संयुक्त बैठकलाई दुई पटक सम्बोधन गर्ने प्रधानमन्त्री मोदी एकमात्र भारतीय नेता हुनेछन् । यो विदेशी प्रतिष्ठित व्यक्तिहरूलाई अमेरिकाले दिने सर्वोच्च सम्मानमध्ये एक हो ।

 

सन् २०१४ मा प्रधानमन्त्री बनेपछि नेता मोदीले तीनै जना अमेरिकी राष्ट्रपति बाराक ओबामा, डोनाल्ड ट्रम्प र जो बाइडेनसँग द्विपक्षीय र बहुपक्षीय भेटघाटका लागि आधा दर्जनभन्दा बढीपटक अमेरिकाको भ्रमण गरेका छन् ।

चीनले पहिलोपटक कार्बन उत्सर्जन कटौतीको लागि राष्ट्रिय कार्ययोजना सार्वजनिक गर्‍याे

काठमाडौं । चीनले पहिलोपटक कार्बन उत्सर्जन कटौतीको लागि राष्ट्रिय कार्ययोजना सार्वजनिक गरेको छ । चीनको राज्य परिषदले कार्बन उत्सर्जनको...

ह्यारिस डेमोक्र्याटिक पार्टीबाट औपचारिक रूपमा राष्ट्रपतिको उम्मेदवार चयन

काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस औपचारिक रुपमा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनेकी छन् ।   उनले पार्टीका प्रतिनिधिबाट...

टर्कीमा इन्स्टाग्राममाथि प्रतिबन्ध

काठमाडौं । टर्कीले सामाजिक सञ्जाल प्लाटफर्म इन्स्टाग्राममाथि प्रतिबन्ध लगाएको छ । टर्कीको दूरसञ्चार प्राधिकरणले इन्स्टाग्रामाथि रोक लगाएको रोयटर्सले जनाएको...

भारत र श्रीलंकाबीचको एक दिवसीय क्रिकेट आजदेखि

काठमाडौं । भारत र श्रीलंकाको एक दिवसीय सिरिज आज सुरुहुने भएको छ । सिरिजको पहिलो खेल आज दिउँसो २:४५...

भारी वर्षाले मध्य चीनमा ३० जनाको मृत्यु, ३५ बेपत्ता

काठमाडौं । भारी वर्षाले मध्य चीनमा ३० जनाको मृत्यु भएको छ । ३५ जना बेपत्ता भएका छन् । एक...

हमासका सैन्य प्रमुखकाे इजरायली आक्रमणमा ज्यान गएको पुष्टि

काठमाडौं । मासका सैन्य प्रमुख मोहम्मद जेइफको गएको जुलाई १३ तारिखमा इजरायली आक्रमणमा ज्यान गएको पुष्टि भएको छ ।...

.