निजामती कर्मचारी संगठनले राष्ट्रिय महिला भेला गर्ने

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले राष्ट्रिय महिला भेला गर्ने भएको छ । नेपाल निजामती कर्मचारी संगठनले जेठ २७ र २८ गते काठमाडौंमा राष्ट्रिय महिला भेलाको आयोजना गरेको हो ।

 

नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय कार्यसमितिको आयोजना र केन्द्रिय महिला विभागको व्यवस्थापनमा ‘समता र सशक्तिकरण सेवामा सबलीकरण’भन्ने मुल नाराका साथ दोस्रो राष्ट्रिय भेलाको आयोजना गरिएको हो । संगठनका अध्यक्ष लेखनाथ कोईरालाले भेलामा देशभरबाट करिव ५०० प्रतिनिधिहरुको उपस्थिति हुने बताए । भेलाको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने उनले जानकारी दिए । त्यस्तै भेलामा प्रतिनिधि सभा र राष्ट्रिय सभाका महिला सदस्यहरु समेतको उपस्थिति हुने उनको भनाई छ ।

कार्यक्रममा सरकारी निकायका उच्च पदमा पुग्ने राजनैतिक नेतृत्वमा महिलाहरुको अवस्था, सार्वजनिक प्रशासनमा महिलाको उपस्थिति, समस्या, भावि लक्ष्यसहित विभिन्न पक्षहरुमा छलफल तथा वहस हुने जनाइएको छ । भेलामा श्रींलका, बंगलादेश, भारत लगायतका देशबाट विदेशी पाउनेहरु पनि आउने बताइएको छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.