एमाले नेताहरूमाथि आक्रमण, प्रचण्ड पथ  र देशद्रोही  भएको ओलीको आरोप 

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । कोसी नामकरणपछि निरन्तर आन्दोलनमा रहेका असन्तुष्ट पहिचान बादी समूहले उदयपुरमा उपसभामुख सृजना दनुवार र त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राईमाथि आक्रमणको प्रयास गरेका छन् । उदयपुर गाईघाटमा रहेको सर्प दंश उपचार केन्द्रमा पोर्टे बल भेन्टिलेटरको औपचारिक सुरुवात गरेर गाईघाट फर्किने वेला उनीहरूमाथि आक्रमण र दुब्र्यवहारको प्रयास भएको हो ।

प्रदर्शनकारीहरूले काठ लोड गरेको ट्याक्टरले सडक अवरुद्ध गर्दै उपसभामुखसहितको टोलीलाई रोकेर आक्रमण गरेको थियो । आक्रमणबाट त्रियुगा नगरपालिकाका उपप्रमुख राईको गाडीमा पूर्ण रूपमा क्षति पुगेको छ भने उपसभामुख दनुवारको गाडीको पछिल्लो भाग कुच्चिएको छ । यस्तै नेकपा एमाले कोसी प्रदेश संसदीय दलका उपनेता राम रानालाई इलाममा केही युवाहरूले अभद्र व्यवहार गरेका छन् । इलामबाट विराटनगर तर्फ आउने क्रममा बाटोमा मुढा तेर्स्याएर उनी चढेको गाडी रोकेर रानालाई लक्षित गरी मोबिल प्रहार गरेका हुन् ।

 

इलामको इलाम नगरपालिका वडा नम्बर ११ सोयाक भन्ज्याङमा भेला भएर बसेका ४–५ जनाको समूहले बाटोमा मुढा तेर्स्याएर उनलाई लक्षित गरी अभद्र व्यवहार गरेको बताइएको छ । यता आक्रमणको विषयमा संघिय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठकमा आवाज उठेको छ । एमाले सांसदहरूले घटनाको भर्त्सना गर्दै सरकार पक्षका मानिसहरूको घटनामा संलग्नता रहेको आरोप समेत लगाएका छन् । एमाले प्रमुख सचेतक समेत रहेका पदम गिरीले संसद् बैठकमा आफ्नो पार्टीका नेताहरूमाथि भएका बारम्बारका आक्रमण र हातपातका प्रयासमा एमाले चुप लागेर नबस्ने बताएका छन् । सत्ता पक्ष एमालेमाथि भएको आक्रमणमा मौन देखिएको भन्दै आक्रमणकारीलाई कारबाही नभए संसद् नै अवरोध गर्न बाध्य हुने उनको चेतावनी थियो ।

 

यता अध्यक्ष ओलीले पनि एमाले नेता कार्यकर्तामाथि भएको आक्रमण सत्ता पक्षको उक्साहटमा भएको आरोप लगाएका छन् । पहिचानवादीका नाममा एमालेमाथि देशभर नै हमला भइरहेको भन्दै उनले सत्तापक्ष नै मुठेड गराउन लागेको र नेकपा एमाले प्रतिवादमा उत्रिने बताएका छन् । नेपाललाई जातजातिका नाममा दंगाफसाद गराउने षड्यन्त्रबाट प्रधानमन्त्री पुष्पकमल दाहालले देशभर पहिचानको विष फैल्याउने कोसिस गरे पनि सफल नबनेकोसमेत ओलीले बताए । पहिचानवादको संरक्षक पुष्पकमलवादीहरु भएको भन्दै प्रचण्ड पथ देशद्रोही र अपराधी पथ भएको ओलीको जिकिर छ ।

 

पछिल्ला दिनमा पहिचानवादीले यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका मन्त्री सांसद र नेतामाथि आक्रमण गरिरहेका छन् । निरन्तररुपमा कोसी प्रदेशको विरोधमा भइरहेको आन्दोलनले भौतिक संरचनामाथि समेत क्षति पुग्नुका साथै कोशीका नागरिकको जनजीवन पनि प्रभावित हुँदै आएको छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.