पूर्व राष्ट्रपति ट्रम्पमाथि अर्को मुद्दा, गोप्य कागजात आफैसँग राखेको आरोप

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं ।  अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोप्य कागजातसँग सम्बन्धित मुद्दा चलाइने भएको छ । ट्रम्पमाथि ह्वाइट हाउस छोडेपछि गोप्य दस्तावेजहरूको व्यवस्थापनलाई लिएर औपचारिक रूपमा अभियोग दायर भएसँगै मुद्दा चलाइने भएको हो । ट्रम्पले सयौं गोप्य दस्तावेज आफूसँग राखेको आरोप छ ।

 

सञ्चारमाध्यमहरूका अनुसार ट्रम्पले कैयौँ आरोप सामना गरिरहेका छन् । जसमा न्यायमा बाधा पुर्‍याएको, षडयन्त्र गरेको र गलत वक्तव्य दिएको लगायतका छन् । उनलालाई आगामी मंगलबार अदालतमा उपस्थित हुन भनिएको छ ।

 

यता उनीविरुद्ध नयाँ मुद्दा दर्ता भएपछि ट्रम्पले यसप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा एक पोस्टमा ट्रम्पले लेखेका छन्, ‘अमेरिकी पूर्व राष्ट्रपतिसँग यस्तो घटना हुन्छ भनेर उनले कहिल्यै सोचेका थिएनन् अहिलेसम्मका सबै राष्ट्रपतिहरूमध्ये सबैभन्दा बढी मत प्राप्त गर्ने र वर्तमान राष्ट्रपतिभन्दा अझै पनि लोकप्रिय व्यक्तिलाई यो भइरहेको छ । म निर्दोष छु ।’

 

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.