शहीद स्मारक ए डिभिजन लिग : ४ खेल हुने
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आज ४ खेल हुने भएको छ । लिगको अन्तिम चरण अन्तर्गत आज चार खेल हुन लागेको हो ।
जसमा दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । त्यस्तै एक खेल एन्फा कम्पेल्क्स र एक खेल च्यासल मैदानमा हुनेछ । दशरथ रंगशालामा हुने पहिलो खेलमा एपीएफ क्लव र फ्रेण्ड्स क्लवबीच प्रतिष्पर्धा हुनेछ । एपीएफ र फ्रेण्ड्सबीचको खेल दिउँसो ३ बजे शुरु हुनेछ । रंगशालामा हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लव र हिमालयन शेर्पा क्लवबीच खेल हुनेछ ।
आर्मी र हिमालयनबीचको खेल साँझ ६ बजे शुरु हुनेछ । यस्तै एन्फा कम्प्लेक्स एफसी खुमलटार र चर्च ब्वाइज युनाईटेडबीच प्रतिष्पर्धा हुनेछ । खुमलटार र चर्च ब्वाइजबीचको खेल दिउँसो ३ बजे शुरु हुनेछ । यस्तै च्यासल मैदानमा नेपाल पुलिस क्लव र सातदोबाटो युथ क्लवबीच
खेल हुनेछ । दुई टोलीबीचको खेल दिउँसो ३ बजे शुरु हुनेछ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदै
काठमाडौं । भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ । तीन खेलको शृङ्खला अन्तर्गत दोस्रो एकदिवसीय खेल...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...