पहिचानवादीद्वारा सांघातिक हमलाको प्रयास हुँदा समेत सरकार मूकदर्शक बनेको एमालेको आरोप
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कोशी प्रदेशमा आफ्ना पार्टीका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुमाथि सांघातिक हमलाको निरन्तर प्रयास भईरहँदा पनि सरकार मुकदर्शक बनिरहेको आरोप लगाएको छ ।
शुक्रबार प्रतिनिधिसभा बैठकको सुरुमै बोल्दै एमाले सचिव योगेशकुमार भट्टराईले सत्तापक्षकै कार्यकताहरुले बिहीबार हिजो पनि कोशी प्रदेशका एमालेका संसदीय दलका उपनेता राम राना र उपसभामुख सृजना दनुवारमाथि हातपात गर्ने, गाडी जलाउने लगायतको प्रयास गर्दा पनि सरकार रमिते बनिरहेको आरोप लगाउँदै त्यसको जवाफ सरकारसँग माग गरेका छन् ।
उनले सत्तापक्षकै कार्यकर्ताहरुले हाम्रो पार्टीका नेताहरुमाथि निरन्तर सांघातिक आक्रमण गर्दा पनि सरकार किन चुप लागेर बसिरहेको भनि प्रश्न समेत गरेका छन् । उनले प्रदेशको नामाकरण गर्ने विषय प्रदेशकै अधिकार भएकाले त्यस विषयलाई लिएर किन एमालेमाथि आक्रमण भईरहेको भनि आक्रोश समेत व्यक्त गरे ।
प्रदेशको राजधानीको नामाकरणको विषयलाई लिएर एमालेमाथि भईरहेको आक्रमणलाई सरकारले नियन्त्रणमा नलिने हो भने एमालेले संसद बैठक सूचारु हुन नदिने सचिव भट्टराईको चेतावनी थियो । उनले मुलुकलाई जातीय, धार्मिक र सम्प्रदायिक ढंगले बिभाजन गर्ने काम गरिएको भन्दै आफ्नो पार्टीलाई सैह्य नहुने बताए । सचिव भट्टराईले एमालेलाई लखेटने प्रयास गरिएको जिकीर गर्दै त्यसको प्रतिवाद्ध गर्नुपर्ने अवस्था आउन नदिन सरकारलाई सचेत समेत गराए ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...