देशमा भ्रष्टाचारको नांगोरुप देखिन थाल्यो : अध्यक्ष नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली समाजमा भ्रष्टाचारको नांगो रुप देखिएको टिप्पणी गरेका छन् । शुक्रवार काठमाडौंमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रिय अधिवेशनलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले नेपाली राजनीतिमा सबैभन्दा चर्को रुपमा भ्रष्टाचारको प्रवृत्ति देखिएको बताएका हुन् ।
उनले भने, ‘अहिले नेपाली राजनीतिमा सबैभन्दा चर्को कुरा भ्रष्टाचारको प्रवृत्ति देखिएको छ । पूरै राजनीति विकृत हुनुको पछाडि भ्रष्टाचारले काम गरेको छ । बिना पैसाको कुनै काम नहुने पैसामा लोभिने, जनतालाई पीडा दिने र शोसक सामन्त, जाली फटाहाहरु अझै दलाल पुँजीहरु हाबी हुन पुग्ने, इमन्दार र असल पागा पर्नुपर्ने स्थिति विद्यमान छ, यसको परिवर्तन गर्न चाहन्छौँ । अहिले नेपाली समाजमा भ्रष्टाचारको पनि नांगो रुप आएको छ ।’
उनले पूरै राजनीति विकृत हुनुको पछाडि भ्रष्टाचार रहेको भन्दै नेपालमा बिना पैसाको कुनै काम नहुने अवस्था आएको बताएका छन् । उनले जनतालाई पीडा दिने र शोसक सामन्तहरु र दलाल पुँजीहरु हाबी हुन पुग्ने र इमन्दार र असल मानिस पाखा लाग्नुपर्ने स्थिति सिर्जना भएको बताएका छन् । अध्यक्ष नेपालले अहिले पुनः प्रतिगामी शक्तिहरु सल्बलाएको बताए । उनले वंशको शासनलाई फर्काउने दुष्प्रयास भइरहेको बताए ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...