प्रचण्ड र ओली तयार हुन्छन् भने नेकपा ब्युँताऔँ : माधव नेपाल

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रचण्ड र केपी ओली तयार भए तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन तयार रहेको बताएका छन् ।

 

भक्तपुरमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेका अध्यक्ष केपी शर्मा ओली तयार हुने हो भने तत्कालीन नेकपा ब्युँताउन तयार रहेको बताए ।

 

‘हुन्छ भने हामी पुरानो पार्टी फेरि ब्युँताउँछौँ’, उनले भने, ‘आउनुहोस्, प्रचण्डजीलाई भन्छु म, आउनुहोस्। हामी तयार हुन्छौँ। केपीजी तयार हुन्छन् ? नेपाल कम्युनिष्ट पार्टी नेकपा फेरि ब्युँताऔँ ।’

 

अध्यक्ष नेपालले ७० वर्षको उमेर हद हटाएर एमाले अध्यक्ष ओली कुर्सीबाट हट्न नचाहेको आरोप लगाए। उनले आफू ७० वर्ष उमेर कटेको खण्डमा पार्टीको पद लिएर बसिनरहने जिकिर गरे। उनले अध्यक्ष ओली पार्टीको सल्लाहकार भएर बस्न र युवाले पार्टी सञ्चालन गर्न नसके पुनः पार्टीको नेतृत्व लिन आउन सुझाव दिए।

‘सल्लाहकार भएर बसे हुँदैन? केटाहरुले राम्रो काम नगरे फेरि आएर जिम्मा लिए भइहाल्छ नि’, उनले भने, ‘७० वर्ष नाघेकालाई बोलाउने, हामी त भयो अब आराम गर्नुहोस्। सल्लाहकार भएर बस्नुस् भन्छौँ, मेरो उमेर भए म पनि बस्छु ।’

 

अध्यक्ष नेपालले देशको राजनीति प्रतिगामी दिशामा लैजाने कोशिस भइरहेको बताए । उनले राजावादीले टाउको उठाउने कोशिस गरे पनि सफल हुन नदिने बताए।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.