हिमालमा पनि बढ्यो तापक्रम, सुक्न थाल्यो धान र कोदाको बीउ

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपालको हिमाली भेगको तापक्रम बढ्ने क्रममा वृद्धि हुन थालेको छ । पूर्वदेखि पश्चिम नेपालसम्मको उच्च हिमाली भेगमा विगत केही दिनयता तापक्रम बढ्दा न्यानो महसुस हुन थालेको छ । जल तथा मौसम विभागका अनुसार पहाडको तुलनामा कम भए पनि हिमाली भेगका लागि न्यानो महसुस हुनु तापक्रम बढ्नु भन्ने बुझिन्छ ।

 

सगरमाथा क्षेत्रको बस्ती भएका स्थानमा १५ डिग्री सेल्सियसमाथि तापक्रम उक्लिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लामो समयसम्म तापक्रम बढ्दै जान थालेमा हिउँ पग्लन थाल्छ । यस्तो अवस्था सिर्जना हुनुलाई राम्रो सूचकका रूपमा लिइँदैन । यता खडेरीका कारण देशभरका किसान मार्कामा परेका छन् । मनसुन सुरु भइदिएको भए पहाडी क्षेत्रमा यतिबेला किसानलाई धान रोपाइँको चटारो हुन्थ्यो । बारीमा मकैभित्र कोदो रोप्न भ्याइनभ्याइ उत्तिकै हुन्थ्यो ।

 

तर यतिबेला लामो समयदेखि पानी परेको छैन । खडेरी र तापक्रम वृद्धिका कारण विभिन्न जिल्लामा बर्खे बाली सुक्न थालेको छ । एकातिर घोगा लाग्ने बेलाको मकै सुक्न थालेको छ, अर्कातिर धानको ब्याडसमेत सुक्न थालेसँगै किसान चिन्तित बनेका छन् । दुई साता लामो खडेरी र चर्को घामका कारण मकै, तरकारी र धानको बीउ सुक्न थालेको हो । मकैका घोगा लाग्न यो सिँचाइको अत्यावश्यक समय हो । आकाशे पानीको भर परेका किसान कृषि प्रणाली प्रभावित भएको चिन्तामा छन् ।

 

एक दुई दिनभित्रमा मौसममा सुधार नआएमा थप क्षति हन सक्ने अनुमान गर्ने सकिन्छ । तर मनसुन सुरु हुन अझै पाँच दिन लाग्ने महाशाखाले बताएको छ । मौसमविद् रोजन लामिछानेका अनुसार बङ्गालको खाडीबाट आएको जलवायुक्त हावा अहिले भारतको आकाशमै रहेकाले नेपालमा आइपुग्न चारदेखि पाँच दिन लाग्ने भएको हो । अहिले देशको पूर्वी भागमा मनसुन सुरु हुने अनुकूल वातावरण निर्माण भएकाले तापक्रम पनि घट्दै जाने उनको भनाइ छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.