‘भारतले नयाँ संसद्मा राखेको नक्साबारे कूटनीतिक नोट पठाउनुपर्छ’

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । पेशागत महासंघ नेपालले भारतलाई नेपाली भूमि समेटिएको नक्शा राखेको सम्बन्धमा कुटनीतिक नोट पठाइ ध्यानाकर्षण गराउन सरकारसमक्ष आग्रह गरेको छ । भारत सरकारले आफ्नो नयाँ संसद भवनमा नेपालको भूमि समेटिएको नक्शा राखेकोप्रति आपत्ति जनाउँदै कुटनीतिक नोट पठाइ ध्यानाकर्षण गराउन सरकारसमक्ष आग्रह गरेको हो ।

 

साथै महासंघले विगतमा भएका असमान सन्धी सम्झौता खारेज गर्न र प्राकृतिक श्रोत साधनसम्बन्धी सन्धी सम्झौता नेपालको हीत अनुरुप लागू गर्न सरकारसँग माग गरेको छ । आईतवार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा बोल्दै पेशागत महासंघ नेपालका महासचिव राजन रेग्मीले महासंघले नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर भ्रष्टाचार गर्ने अपराधीलाई कडा कारबाही गर्न पनि माग गरेको बताए ।

 

उनले विगतमा भएका अनियमितता र भ्रष्टाचारमा संलग्न दोषीलाई कारबाही गर्नका साथै बुहदलिय व्यवस्थाको पुनःस्थापना यता राजनीतिक व्यक्ति र कर्मचारीतन्त्र भित्रका अकुत स्म्पती कमाउने व्यक्तिहरुको सम्पती छानबिन गर्न उच्चस्तरीय अधिकार सम्पन्न छानबिन समिति गठन गर्न माग गरेको बताए । महासंघको लोगो, नाम, झण्डा, छाप लगायका सामानहरुको दुरुपयोग गर्नेहरुलाई कारबाही गर्न पनि महासंघले माग गरेको छ । उनले आम श्रमीकका माग सम्बोधनका लागि उच्चस्तरी श्रम आयोग गठन गर्नपनि माग गरे ।

 

कर्मचारीहरुले पाइरहेको कुनैपनि सेवा सुविधा कटौती नगर्न सरकारको ध्यानाकर्षण गराएको छ । उनले संघीय निजामति सेवा ऐन, शिक्षा ऐन, स्वास्थ्य ऐन लगायतका ऐनहरु चाँडो भन्दा चाँडो जारी गर्न सरकारसँग माग गरिएको बताए । महासंघले उच्चस्तरीय तलव सुविधा आयोगले नेपाल सरकार समक्ष सिफारिस गरे अनुसारको तलव सुविधा लागू गर्न सरकारसँग माग गरेको छ । सहकारीका समस्या समयमै समाधान गर्न, सार्वजनिक संस्थानहरुको सुधार गरी ७५३ वटै पालिकासम्म सेवा बिस्तार गर्न पनि ध्यानाकर्षण गराएको छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.