बजेटमाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्रीले आज दिने
काठमाडौं । प्रतिनिधिसभा बैठकमा निरन्तर चलिरहेको आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफल आइतबार सकिएसँगै अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम तय भएको छ । सोमबार संघीय संसद् भवन नयाँ बानेश्वरमा १ः०० बजे बस्ने बैठकमा प्रधानमन्त्री भारत भ्रमणबाट फर्केपछि निरन्तर बजेटमाथि भइरहेको छलफल हिजोबाट सकिएपछि अर्थमन्त्रीले जवाफ दिन लागेका हुन् ।
प्रतिनिधिसभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ हिजै दिने भनिए पनि प्राविधिक कारण देखाउँदै आजका लागि सारिएको हो । करिब एक हप्तासम्म भएको छलफलमा भाग लिने अधिकांशले यसको विरोध गरेका छन् । विरोध गर्नेमा सत्तारुढ सांसद छन् । केही सांसदहरुले समय अनुसार बजेट उपयुक्त आकार र प्राथमिकतासहित आएको प्रतिकृया दिएका छन् ।
कतिपय सांसदहरुले एउटै बिषय नीति तथा कार्यक्रममा एक किसिमले आएको र बजेटमा अर्कै किसिमले आएको बताएका छन् । सांसदहरुले सबै निर्वाचन क्षेत्र र जिल्लामा समानुपातिक प्रणालीबाट बजेट विनियोजन नभएको भन्दै आपत्ति जनाएका छन् ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...