प्रधानन्यायाधीश कार्कीविरुद्धको उजुरीबारे छलफल गर्ने संसदीय सुनुवाई समितिको बैठक बस्दै

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीविरुद्ध परेका उजुरीको अध्ययन गर्न संसदीय सुनुवाई समितिको बैठक बस्ने भएको छ । सोमबार बिहान ११ बजेका सिंहदरबारमा बैठक बस्ने भएको हो । बैठकमा प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाई सम्बन्धी कार्यतालिकामाथि छलफल तथा निर्णय हुने छ ।

 

कार्कीविरुद्ध समितिमा परेका उजुरी अध्ययन गर्ने र आवश्यकता अनुसार उजुरीकर्तालाई छलफलमा बोलाइने समिति सदस्य तथा नेकपा एमालेका सचेतक महेश बर्तौलाले बताए । हिजो मात्रै कार्कीलाई न्याय परिषद्ले अनिवार्य अवकाशको मिति सम्झाएको थियो । न्याय परिषद् सचिवालयले आइतबार एक पत्र पठाउँदै ६५ वर्षे उमेर हदका कारण आगामी साउन २० देखि अनिवार्य अवकाश पाउन लागेको जानकारी गराएको हो ।

कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा २९ वटा उजुरी परेको छ । कार्कीविरुद्ध आर्थिक पाटोका साथै कानूनी पाटोको विषयमा उजुरी परेको सचिवालयले जनाएको छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.