आकासियो प्याजको भाउ, प्रतिकिलो एक सय २० रुपैयाँमा किनबेच
काठमाडौं । बजारमा प्याजको मूल्य प्रतिकिलो १ सय २० रुपैयाँ पुगेको छ । सरकारले कृषिजन्य उपज तथा आलु, प्याजमा मूल्य अभिवृद्धि कर भ्याट लगाउने घोषणा गरेसँगै प्याजको मूल्य अस्वभाविक महंगो भएको हो ।
नेपालमा खपत हुने करिब ९८ प्रतिशत प्याज भारतबाट आयात हुन्छ । सरकारको घोषणासँगै भारतबाट आलु र प्याजको आयात ठप्पप्राय बनेको छ । जसका कारण अहिले बजारमा आलु र प्याजको मूल्य ह्वात्तै बढेको हो ।
उपत्यकामा अहिले उपभोक्ता बजारमा प्याजको मूल्य तरकारी बजारमै प्रतिकिलो १०० रुपैयाँमा खरिद बिक्री भईरहेको छ । जब कि गत शुक्रबारसम्म प्याजको मूल्य प्रतिकिलो ४५ रुपैयाँ रहेको थियो । तर, तरकारी बजारभन्दा बाहिर भने हाल प्याजको भाउ प्रतिकिलो १ सय २० रुपैयाँ पुगेको छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...