आँपसँग यस्ता खानेकुरा खाँदै हुनुहुन्छ ? बिर्सेर पनि नगर्नुस् यी गल्ती

सुस्मिता कार्की
सुस्मिता कार्की

सुस्मिता कार्की/काठमाडौं । मौसम अनुकूल फलफूल सेवन गर्नु स्वास्थ्यका लागि लाभदायक मानिन्छ । मौसम अनुकूल शरीरलाई स्वस्थ र फुर्तिलो बनाई राख्न प्रशस्त मात्रामा फलफूल सेवन गर्नु आवश्यक हुन्छ । यति बेला नेपाली बजारमा आँपको सिजन सुरु भएको छ । गर्मी मौसममा पाइने फलफूलमध्ये आँपलाई फलफूलको राजा भनेर चिनिन्छ ।

 

आँप स्वादिलो त हुन्छ नै यसबाट शरीरलाई आवश्यक पोषक तत्त्व पनि मिल्छ । यसमा फस्फोरस, डाइटरी फाइबर, प्रोटिन, पोटासियम, जिङ्क, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, एनर्जी र जिङ्क जस्ता धेरै पोषक तत्त्व पाइन्छ । आँपले रोग प्रतिरोधी क्षमता बढाउने काम पनि गर्छ । आँप जति स्वादिलो हुन्छ, स्वास्थ्यका लागि त्यति नै फाइदाजनक छ ।

आँपलाई फलको रूपमा मात्र नभएर ताजा अचार, संरक्षित अचार, जुस, सेक, सलाद, जाम आदिको रूपमा पनि खाने गरिएको छ । विभिन्न वस्तुहरूसँग आँप खाँदा वा खानेबित्तिकै अन्य चीज खाँदा यसको संयोगले स्वास्थ्यको लागि राम्रो गर्छ कि गर्दैन भन्ने कुराको ज्ञान हुन जरुरी छ । अन्यथा यस्ता खाद्यपदार्थको संयोगले स्वास्थ्यमा नकारात्मक असर पनि  पार्न सक्छ ।

आँपसँग एकसाथ खान नहुने खानेकुराहरू :

१. करेला

गर्मीमा मानिसहरू करेला धेरै खान्छन् । कतिलाई खानासँगै आँप खान मन पर्छ। तर आँपलाई कहिल्यै करेलासँग खानु हुँदैन । आँप र करेलालाई एकसाथ खानु वा आँप खाएपछि तत्काल करेलाको तरकारी खानु वा करेलाको तरकारी खाए पश्चात् आँप खानु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । आँप खाएपछि वा अघि तीते करेला सेवन गर्दा वाकवाकी लाग्ने, वान्ता हुने, श्वास फुल्ने र पखाला चल्ने जस्ता समस्या देखा पर्छन् ।

 

२. दुग्ध जन्य खानेकुरा

गर्मीमा चिसो रहन दही, लस्सीलगायत दूधजन्य खानेकुरा धेरै खाने गरिन्छ । अझ धेरैले यी खानेकुरा आँपसँगै पनि खाने गरेको देखिन्छ । प्राकृतिक चिकित्साअनुसार आँपलाई चिसो दूधजन्य खानेकुरासँग खानु हुँदैन। त्यस्तै तातो दूध खानेबित्तिकै आँप खानु वा आँप खानेबित्तिकै तातो दूध पिउनु हुँदैन । आँपलाई दूधसँग खाँदा पाचन क्रियामा समस्या आउँछ ।

यस्तै दही र आँपको प्रकृतिल पनि मिल्दैन । आँप तातो बनाउने खानेकुरा हो । यस्तो अवस्थामा आँप खाएपछि दही खाँदा चिसो र तातो दुवैको प्रभावले स्वास्थ्यलाई हानि पुर्‍याउँछ । यसले छाला र पेटको समस्या निम्त्याउन सक्छ ।

 

३. मसलादार चीज

कतिपयले मसलादार खानापछि मिठाइको रूपमा आँप खान्छन् । आँप मसलादार चीजसँग पनि खानु हुँदैन । यी खानेकुरा सँगैसँगै खाए पाचनसम्बन्धी समस्याको सामना गर्नुपर्ने हुन्छ । यसले पेट पनि दुखाउँछ । आँप खाएलगत्तै खुर्सानी वा अन्य पिरो हालिएको खानेकुरा पनि खानु हुँदैन । आँप र खुर्सानीको एकसाथ सेवनले वा लगत्तै सेवनले पेट र छालाको समस्या निम्त्याउँछ भने वाकवाकी लाग्ने, पखाला चल्ने समेत हुने गर्छ ।

 

४. पानी पिउनु

धेरै मानिसले आँप खाएपछि तुरुन्तै पानी पिउने गर्छन् । आँप खानेबित्तिकै तुरुन्तै पानी पिउनु हुँदैन । यसले पाचन प्रक्रियामा नराम्रो असर पुर्‍याउँछ । आँप खानेबित्तिकै पानी पिउँदा पाचनका लागि आवश्यक इन्जाइमहरूलाई पानीले निस्तेज बनाइदिन्छ। यसबाट आँपको पाचन ठिकसँग नहुने र विजातीय द्रव्यको उत्पादन धेरै भएर शरीरमा अनेकौँ दोष सञ्चय हुने हुँदा आँप खानेबित्तिकै पानी पिउनु वा पानी पिएलगत्तै आँप खानु हुँदैन । त्यसैले आँप खाएको आधा घण्टापछि मात्रै पानी पिउनु पर्छ ।

५. कोल्ड ड्रिङ्क्स

आँप खाएपछि तुरुन्तै कोल्ड ड्रिङ्क्स कहिल्यै पिउनु हुँदैन। यसो गर्दा रगतमा चिनीको मात्रा छिटो बढ्न सक्छ । आँप र चिसो पेय दुवैमा चिनीको मात्रा धेरै हुन्छ । आँपसँग कोल्ड ड्रिङ्क्स खाँदा यसले आँपलाई पूर्णरूपमा विकृत बनाई दिन्छ । फलस्वरूप पाचनमा समस्या, वाकवाकी, बान्ता र पखाला आदि समस्या उत्पन्न हुन्छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.