सामान्य प्रशासन मन्त्रालयमा छड्के जाँच, १०३ जना कर्मचारी कारबाहीमा
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका १ सय ३ जना कर्मचारी कारबाहीमा परेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीको निर्देशनमा सचिव डा। कृष्णहरी पुष्करले सोमबार मन्त्रालयमा छड्के जाँच गर्दा समयमा कार्यालय उपस्थित नभएका कर्मचारी कारबाहीमा परेका हुन् । बिहान सवा १० बजेसम्म पनि कार्यालय उपस्थित नभएका कर्मचारीहरुको सोमबारको हाजिरीमा रातो लगाइएको छ ।
कारबाहीमा पर्नेमा सहसचिव १ जना र उपसचिव २३ जना छन् । त्यसैगरी, ३६ जना शाखा अधिकृत र ४१ जना नायब सुब्बा तथा सहायकस्तरका कर्मचारी कारबाहीमा परेको जानकारी मन्त्री मोदीको निजी सचिवालयले दिएको छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...