असार ४ गतेसम्म सञ्चालन हुने एसियन चेस च्याम्पियनसिप सुरु हुँदै
काठमाडौं । दोस्रो साउथ एशियन चेस च्याम्पियनसिप मंगलवारबाट शुरु हुने भएको छ । नेपाल बुद्धिचाल महासंघले सोमवार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप मंगलवारबाट शुरु हुने जनाएको हो ।
ललितपुर गोदावरीस्थित भ्यु भृकुटीमा आयोजना हुने च्याम्पियनसिप असार ४ गतेसम्म सञ्चालन हुनेछ । च्याम्पियनसिपमा नेपाल,भारत,माल्दिभ्स, बंगलादेश, भूटान, पाकिस्तान र श्रीलंकाको सहभागिता रहनेछ । च्याम्पियनसिपमा हरेक देशबाट एक÷एक जना महिला र पुरुष खेलाडी, डिफेन्डिङ च्याम्पियन गरी १०–१० जना खेलाडीको सहभागिता जनाउने छन् । राउण्ड रोबिन प्रणालीमा आयोजना हुने च्याम्पियनसिपमा नेपालबाट फिडेमास्टर रुपेश जयसवाल, सुरवीर लामा, महिला फिडेमास्टर सुजना लोहनी, सुशिला गुरुङले सहभागिता जनाउने छन् ।
प्रतियोगिताको पुरुष विजेताले १ लाख ५० हजार, दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउनेछन् । महिलातर्फ विजेताले १ लाख, दोस्रोले ६० हजार र तेस्रोले ४० हजार पाउनेछन् । च्याम्पियनसिपमा ग्राण्डमास्टर सायनतन दासको सहभागिता रहने बताइएको छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदै
काठमाडौं । भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ । तीन खेलको शृङ्खला अन्तर्गत दोस्रो एकदिवसीय खेल...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...